• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

वि.सं. २०७७ फाल्गुन २८ गते शुक्रवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ फागुन २८ गते, शुक्रवार , १२ मार्च २०२१ । फाल्गुण कृष्णपक्ष , चतुर्दशी तिथि ( १४ः५१ बजेदेखि औंसी )।शतभिषा नक्षत्र।चन्द्रराशि– कुम्भ। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान

०६:२० बजे र सूर्यास्त : साँझ ०६:१० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०६:१५ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र र अलंकारको प्राप्ति पनि हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परिवारबाट सहयोग मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर वैदेशिक, राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार