• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सम्झौता होइन माधव पक्षलाई कारबाही गरिन्छ : ओली


काठमाडौं । नेकपा एमाले का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूह ले अगाडि सारेका सर्त मान्न तयार नभए को अध्यक्ष केपी ओली पक्षले जनाएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले खनाल–नेपाल पक्षका सर्त भन्नेभन्दा पनि कारबाही

गरेर अगाडि बढ्ने बताए । रातोपाटीको संक्षिप्त कुराकानीमा थापाले भने, ‘अब सम्झौता होइन, माधव नेपाल समूहमा लाग्नेलाई कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने हो । शुक्रबारको निर्णय दृढ गएर गरिएको निर्णय हो । शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर ओलीले २३ सदस्यीय स्थायी समिति खारेज गरेका छन् भने नेपाल पक्षका नेताहरुले पाएको जिम्मेवारी पनि खोसेका थिए ।यस्तै ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोसेर निर्वाचन आयोजक कमिटी बनाएका बताएका थिए ।

ओलीले माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गराएका थिए । ओली पक्षीय केन्द्रीय कमिटी बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर डा.राजन भट्टराईलाई जिम्मेवारी दिएको थियो ।बैठकले प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा ‘बादल’, कर्णालीमा एमलाल कँडेल र सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्ट इन्चार्ज तोकेको छ । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेललाई इन्चार्जको जिम्मेवारी दिएको थियो ।

यस्तै ओली पक्षीय केन्द्रीय कमिटी बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ । पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले राखेका छन् । त्यस्तै प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीबाट योगेश भट्टराईलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकिएको छ । यी निर्णयबाट नहट्ने ओली पक्ष पछि नहट्ने थापाको दाबी छ ।

त्यसको काउन्टरमा खनाल– नेपाल समूहले पनि शुक्रबार समानान्तर कमिटी बनाएको छ । खनाल–नेपाल पक्षले शनिबार समानान्तर कमिटी घोषणा गर्दै पार्टी एकता कायम राख्न शुक्रबारको निर्णय खारेजीको माग गरेको थियो । तर खनाल–

नेपाल पक्षले प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार