• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सुध्रिएर आए प्रचण्डसँग सहकार्य हुन्छ, माधव नेपाललाई भित्तामा पुर्‍याएको हैन आफैँ उभिन जानुभो’


काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली ले अदालतमा मुद्दा हारे कै कारण राजीनामा को नैतिक दायित्व आफूसँग नभएको बताएका छन्।प्रधानमन्त्रीलाई विपक्षी बनाएर गलत मनासायबाट मुद्दा दायर समेत हुने गरेको भन्दै कतिपय मुद्दा हारेबापत नैतिक दायित्व लिनुपर्ने अवस्था नरहेको

ओलीले बताए। प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै ओलीले सुधार भएर आए प्रचण्डसँग सहकार्यको सम्भावना पुनः रहेको बताए। ‘म संविधान मान्छु। अदालतको फैसला मान्छु। तर अन्यत्र कोही गुटले गरेको फैसला म कानुनका रुपमा मान्दिनँ। म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको सरकारको प्रधानमन्त्री हो। समर्थन हट्यो भने म विश्वासको मत लिन्छु’, ओलीले भने, ‘आजसम्म मलाई प्रधानमन्त्री राख्छु भनेको हैन। दलको नेताबाट अस्ति नै हटाएको हैन र? संविधान कानुन अनुसार चल्नुपर्‍यो। सडकबाट हटाएर हुने हो र?’सुध्रिएर आए प्रचण्डसँग सहकार्य हुने प्रधानमन्त्री ओलीको भनाई छ। प्रचण्डले आफूलाई सुधार हुनुपर्ने भन्ने अभिव्यक्तिलाई भने बहसको आवश्यकता नभएको जवाफ ओलीको छ।

नेपाल भारत सम्बन्धलाई मित्रताको नयाँ उचाइमा पुर्‍याउने प्रयत्न गरेको ओलीले दाबी गरे। द्धिपक्षीय सम्बन्धमा कुनै असहजता आएमा वार्ताबाटै समस्या समाधान हुनुपर्नेमा आफ्नो जोड रहेको ओलीले बताए। ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो केमेस्ट्री मिलेको समेत बताए।अरु पार्टीहरु तयार भएमा आफू चुनावका लागि तयार रहेको ओलीको भनाई छ। अदालतले भनेको विषयमा फेरि त्यही गल्ती नगर्ने उनले बताए। वाध्यतामा मात्र आफूले प्रतिनिधिसभा विघटन गरेको ओलीले बताए। विघटन अघिनै माधव नेपाल पक्षले ‘तमासा’ देखाएको उनको टिप्पणी छ । अदालतलाई लागे पनि आफूले संविधानसम्मत देखेर नै प्रतिनिधि सभा विघटन गरेको जिकिर गरे। अस्थिरतामा मुलुकलाई धकेल्नुभन्दा ताजा जनादेशमा जानु उपयुक्त विकल्प हुने ओलीले पुनः जिकिर गरे।

अध्यादेश पेस गर्न नदिने, शोक प्रस्ताव समेत पारित हुन नदिने कस्तो संसदीय अभ्यास भएको भन्दै ओलीले प्रश्न समेत गरे। सभामुख सरकार र प्रधानमन्त्रीविरुद्ध झगडियाका रुपमा प्रस्तुत हुन नमिल्ने ओलीको जिकिर छ। ‘सिस्टममात्र हैन सडकलाई पनि उहाँहरुले प्रदुषण गर्नुभएको छ। सामाजिक प्रदुषण गर्नुभएको छ। आफैँसँगका सहयोद्धाको निधनमा समेत शोक प्रस्ताव रोकेको छ’, ओलीले भने।

माधव नेपाललाई आफूले भित्तामा नपुर्‍याएको बताउँदै उनले आफैँ भित्तामा उभिन पुगेको ओलीले बताए। लोकतान्त्रिक आदोन्दोलन, कम्युनिस्ट आन्दोलन र विकासको अभियान समाप्त पार्ने योजनामा माधव नेपाल पक्ष रहेको ओलीको आरोप छ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार