• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

एमाले प्रवेश गरेका माओवादी संसद हरुले गरे पुन माओवादीमै फर्कने निर्णय


काठमाडौं । नेकपा माओवादी केन्द्र ले सरकार मा सहभागी आफ्ना पार्टी का नेताहरु लाई फिर्ता हुन निर्देशन दिई पठाए को पत्र मन्त्रीहरुले बुझेका छन् ।माओवादी केन्द्रको केन्द्रीय कार्यालयको चिठी बोकेर केही नेताहरु सिंहदरबारस्थित मन्त्रीहरु को कार्यकक्षमा पुगेका थिए ।ती

नेताहरुका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले आफैँ चिठी बुझे ।ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आफ्नो सचिवालयमार्फत पत्र बुझेका हुन् ।तर, खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्नै मानेनन् ।

मन्त्रीको सचिवालयले समेत चिठी नबुझ्ने अडान लिएपछि हुलाकमार्फत पठाइएको छ। यसै क्रममा नेकपा एमालेमा गएका नेताद्वय प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रमै फर्काउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गरिरहेका छन् ।माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार शाह र चौधरीसित प्रचण्डले निरन्तर छलफल गरिरहेका छन् । उनका अनुसार उनीहरु माओवादीमा फर्कने सम्भावना बढेको छ ।

प्रचण्डले एमालेमा गएका अरु नेता तथा सांसदलाई पनि फर्काउने प्रयास गरिरहेको ती नेताले बताए । ‘अरुसित खासै छलफल भएको छैन, तर साह र चौधरी निरन्तर संवादमा छन् । सम्भवतः उहाँहरु फर्कनुहुन्छ’, उनले भने ।

शाह र चौधरी अहिलेको सरकारमा पनि छन् । शाह सहरी विकास मन्त्री छन् भने चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन् । श्रोतका अनुसार उनीहरु आफ्नै घर माओवादी मै फर्किने मुड बनाइ सकेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार