• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७७ चैत्र ०७ गते शनिवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत ७ गते, शनिवार, २० मार्च २०२१ । फाल्गुण शुक्लपक्ष, सप्तमी तिथि। राेहिणी नक्षत्र (१३ः५७ बजेदेखि मृगशिरा)।चन्द्रराशि– वृष। इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, काठमाण्डौं, नेपाल मा सूर्योदय:

बिहान ०६:११ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । विद्वानहरूका साथमा घुलमिल हुने मौका मिल्नेछ । बन्दव्यापारमा बढावा होला । साथीबाट सहयोग पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउनसक्छ । दिनको उत्तरार्धमा बढी खर्च होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मायाँ प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य राम्रो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । रमाईलो यात्रा पनि होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार