• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

नेपाल-खनाल समूहका सांसदहरु मागपत्र बोकेर पुगे प्रधानमन्त्री निवास बालुवाटार


काठमाडौं, ७ चैत । नेकपा एमाले का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल रझलनाथ खनाल समूहका सांसद हरू लिखित पत्र लिएर बालुवाटारमा पुगेका छन्। शनिबार खनाल नेपाल समूहका नेताहरू जीवनराम श्रेष्ठ, सोम पाण्डे यज्ञराज सुनुवारलगायत नेताहरू पत्र लिएर बालुवाटार

पुगेका हुन्। बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने भन्दै पत्र बुझाउन बालुवाटार पुगेको बताइएको छ । मागपत्रभित्र संसदीय दलको विधान नबनाई र केन्द्रीय कमिटीको बैठकबाट पारित नै नभई आफूखुसी संसदीय दलको बोर्ड गठन गर्ने कार्य पार्टी विधान विपरीत छ र कानूनसम्मत नभएको भनिएको छ । संसदीय दल तथा बोर्डको काम, कर्तव्य र अधिकार दलको विधान र नियमावली बमोजिम हुने कुरा स्पष्ट उल्लेख गरिएको छ।संसदीय दलको विधान विधिवत् निर्माण भई विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली पार्टी केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि मात्र संसदीय बोर्ड गठन गर्ने वा अन्य कामहरू अगाडि बढाउन सकिने भनिएको छ ।

सर्वोच्च अदालतको फैसलापश्चात् पार्टी विधानको धारा १४ (क) र (ख) को १, २, ३ बमोजिम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित तथा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतभन्दा बढी नहुने गरी मनोनित भई कायम भएका केन्द्रीय कमिटीका सदस्यहरूको उपस्थितिमा सो कमिटीको बैठक बसी आवश्यक निर्णय गरिनुपर्ने कुरा मागपत्रमा स्पष्ट पारिएको छ।

नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको जिम्मेवारी हटाइएको तथा सदस्यको स्थान रिक्त नै नरहेको केन्द्रीय कमिटीमा पार्टी सदस्यता नै नलिएका व्यक्तिहरूलाई सदस्यका रुपमा मनोनयन गरी महत्वपूर्ण जिम्मेवारी समेत दिइएको भन्ने निर्णय सार्वजनिक भएको अवस्थामा संसदीय दलको बैठक र उत्त किसिमले पार्टी विधानको व्यवस्था विपरीत मनोनय गरिएका व्यक्तिहरुलाई सामेल हुनेगरी केन्द्रीय कमिटीको बैठक समानान्तर एकै दिन र समयमा राखिनुको आशयप्रति गम्भीर प्रश्न उठ्छ। यस्तो स्थितिमा पार्टीका कामहरूको वैधानिकताप्रति सजग हनु आवश्यक हुन्छ भन्ने मागपत्रमा उल्लेख गरिएको छ।

यसैगरी २०७४ सालमा सम्पन्न आम निर्वाचन पश्चात् गठित संघीय संसदमा नेपाल कम्यनिष्ट पार्टी (एमाले) को संसदीय दलको विधान नबनेको पनि स्पष्ट पारिएको छ । यस्तै, संसदीय दलको बैठक संसदीय दलको कार्यालय वा संसद भवनमा हुने पद्धति र अभ्यास रहँदै आएको उल्लेख छ। यद्यपि, कुनै विशेष परिस्थिति आइपर्दा मात्र पार्टी कार्यालयमा पनि त्यस्तो बैठक हुनेगरेको उल्लेख छ ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार