• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७७ चैत्र ०९ गते सोमवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत ९ गते, साेमवार, २२ मार्च २०२१। फाल्गुण शुक्लपक्ष, नवमी तिथि। आर्द्रा नक्षत्र (१७ः४६ बजेदेखि पुनर्वशु)। चन्द्रराशि– मिथुन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०६:१५ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ला । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । शेयरबाजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भय पनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । लगानीमा रहेको रकम फिर्ता पनि आउनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज दैनिक कार्यमा प्रगति हुनेछ । प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्नेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार