• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

एमाले फुटतर्फ : अनुशासन उल्लंघनमा कठोर कारबाहीको मुडमा ओली


एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरू माधवकुमार नेपाल , भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी अनुशासन विपरीत काम गरको भन्दै उनीहरू लाई तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीबमोजिम पार्टीले सोधेको

स्पष्टीकरणको जवाफ दिनुको साटो वरिष्ठ नेता नेपाललगायतका नेताहरूले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गम्भीर आरोप लगाउँदै पत्र लेखेपछि पार्टी फुटको संघारमा पुगेको हो । स्पष्टीकरणको जवाफपछि पार्टी एक हुन सक्ने आशामा रहेका आमकार्यकर्ता नेपाललगायतका नेताहरूको जवाफपछि असन्तुष्ट र निराश बनेका छन् । योसँगै अब ओली–नेपालको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ ।

नेपालको जवाफी पत्र पछि उनीमाथि थप कारबाही हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ । ‘नेपालहरूले पार्टीबाट अलग हुने मनसायका साथ अध्यक्षलाई अराजनीतिक आरोप लगाउँदै पत्र लेखेका छन्, त्यसैले उनीहरूमाथि अनुशासन उल्लंघनमा कठोर कारबाही हुनेछ,’ अध्यक्ष ओलीनिकट एक नेताले राजधानीसँग भने ।

एमालेका वरिष्ठ नेता नेपालको आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध भने अझै गाढा देखिएको छ ।

नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच बिहीबार छलफल भएको छ । दुई नेताको छलफलमा २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुटिएकोमा पुनरावलोकनमा जाने सहमति भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार