• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

रङ्गशाला भ’त्काउछु भन्नेलाई जि’ग्रिको क’डा जवाफ।रङ्गशालाको महत्व थाहाँ छ ? ( भिडियो सहित )


चितवन,चितवनको भरतपुरमा निर्माण भइरहे को गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण का लागि आर्थिक सहयोग जुटाउन मेची’महाकाली अभियान सुरु गर्ने भएको छ ।धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरि रहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखि

अभियान सुरु गर्न लागिएको हो” ।चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभा रम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए। अभियान मा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे । “महाकाली नदी,लुम्बिनी र मेची” नदीको माटो ल्या’एर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सह भागिता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभि यानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए।

प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहने छन् । महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चन पुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिल वस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुरमुस,रुदै रंगशाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन। भिडियो हेर्नुहोस’ भिडियो समचारको अन्तमा छ।काठमाडौं  चर्चित कलाकार धुर्मुस उर्फ सिताराम कट्टेलले मेचीमहाकाली अभियान सिंगो देशलाई जोड्ने अभियान हो ।

एकताको अभियान हो,गौरव साथ सबै जुटौं भन्दै सबैलाई आव्हान गरेका छन् । उनले सामाजिक संजाल फेस्बुकमा लेख्दै आव्हान गरेका हुन् ।कट्टेल लगायत अन्य अभियन्ता हरु गौतमबुद्व अन्तरास्ट्रिय क्रीकेट रंगशाला सम्पन्न गराउनै पर्दछ भन्ने मनसायले मेचीमहाकाली अभियानमा लागि पर्नु भएको छ ।
यो अभियानमा सबैले साथ र समर्थन गर्दै सहयोग गर्दै आएको पाईएको छ ।धुर्मुसले थप प्रष्ट्याउदै सामाजिक संजालमा लेखेका छन् चैत १० गतेबाट सुरु भएको हाम्रो मेचीमहाकाली अभियानको आज चोथौ दिन हामी कैलाली मा आइपुगेका छौं । महाकाली नदी पारिको हाम्रो भूमि दोधारा चाँदनीबाट सुरु भएको।

हाम्रो अभियानमा कन्चनपुरबासी मनकारी ब्यक्तित्वहरुले गर्नुभएको सहयोग सद्भावले हामी निकै हर्षित भएका छौं । यो अभियान सिंगो देशलाई जोड्ने अभियान हो । एकता को अभियान हो ।रंगशाला मात्रै नभएर राष्ट्रिय एकताको प्र’तिबिम्ब ठडिइरहेको हुनाले हामीले पिच निर्माणमा महा काली नदीको माटो र सिमा स्तम्भमा रहेको माटो ग्रहण गरेका छौं ।यसरी नै पुर्व मेची नदी र सिमाको माटो र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माटो गरी तीन वटै ठाउँको माटो अन्तर्राष्ट्रिय खेल मैदानको सातवटा पिचमा सम्माहित गरी राष्ट्रिय एकताको सन्देश सहितको राष्ट्रिय गौरबको रंगशाला निर्माण सम्पन्न गर्ने हाम्रो चा’हाना.. समग्र तीन करोड नेपालीको चाहाना अनि सपना हो । सोहि अनुरुप हामी यहाँहरुको घर दैलोमा मनसँग मन जोड्न भावना जोड्न आइरहेका छौं।

कन्चनपुरको यात्रामा हामीलाई साथ सहयोग समर्थन गर्नु हुने सम्पुर्ण कन्चनपुरबासी आदरणीय मनकारी ब्यक्तित्व  हरुमा धन्यवाद एवं आभार ब्यक्त गर्दछौं ।कन्चन पुरको जस्तै कैलालीको अभियान पनि सार्थक बन्नेछ भन्ने कुरामा विश्वस्त हुँदै सम्पुर्ण सहयोगी मन,सुभेच्छुक  शुभचिन्तक ज्यू र अभियान्ता ज्यूहरुलाई अभियानमा जोडिनका लागी पनि अनुरोध गर्दै हामीसँग जोडिनका लागी इच्छुक ब्यक्ति, संघसंस्था एवं सहयोगी मनका लागी ९८१२२०७४८९मा सम्पर्क गर्न सक्नुहुनेछ । माथीको समचारको भिडियो हेर्नुस्।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार