• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओली स्पष्ट भएकाले हामी साथमा छौ, अगाडी बढ्नुस : ठाकुर


काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए । रिपोर्टर्स क्लब नेपालले हिजो मंगलबार काठमाडौं मा आयोजना गरेको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै

प्रधानमन्त्री ओली स्पष्ट भएकाले हामी साथमा छौ, अगाडी बढ्नुस : ठाकुर
ठाकुरले भने, विगतका धेरै नेताले हाम्रो एजेन्डा सम्बोधन गर्छाैं भने पनि अन्तिममा आएर धोका दिएको तर हालका प्रधानमन्त्री ओलीले गर्न सक्नेसम्मका काम गर्ने भनेर स्पष्ट जवाफ दिएका छन् । ‘उहाँ धेरै कुरामा सकारात्मक हुनुहुन्छ तर पनि हामीलाई लिखित सहमति चाहिन्छ’, अध्यक्ष ठाकुरले भने ।
मुलुकमा सबैलाई डेमोक्रेसी आएको हो भने मधेशी र थारूहरू किन अहिलेसम्म पनि जेलमा भन्दै उनले प्रश्न गरे । उनले संविधान संशोधनको विषय आफूहरूको मात्रै नभएर देशकै माग भएको पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनका लागि आफूहरूलाई आग्रह गरेको सुनाए ।

तर, आफ्ना माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने जवाफ आफूहरूले दिएको उनले स्पष्ट पारे । मंगलबार मात्रै पनि प्रधानमन्त्री ओलीका नजिकका मान्छेले आफूलाई भेटेको ठाकुरले जानकारी दिए । आफूहरूले उठाएका माग पूरा गर्नका लागि अन्तिम तयारी भएको कुरा सुन्नमा आएको भन्दै त्यसका लागि उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले म्यानमारमा भएको क्रुरताविरुद्ध एक शब्द पनि नबोलेको भन्दै सरकारको आलोचना गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई फेरि चुनावमा लाने खेल भइरहेको भन्दै त्यसले गम्भीर खतरा उत्पन्न गर्ने दाबी गरे । कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको सन्तुलन र नियन्त्रणका अंगहरू भागबन्डाको मारमा परेको टिप्पणी गरे ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नै मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने भन्दै आफूहरूले सुरुदेखि नै यसको पक्षमा भूमिका खेलेको स्मरण गराए । उनले यो देशका हरेक तह र तप्काले प्रधानमन्त्री ओलीलाई मन पराएको स्पष्ट पारे ।

प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार