• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

यसरी लेखे ओलीले नेपाल पक्षका ४ नेतालाई निलम्बन गरिएको पत्र, घनश्याम र सुरेन्द्र पनि पार्टीवाट निकालिए


काठमाडौ।नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन्।यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सो कारबाही

गरिएको थियो। दुई नेताले पठाएको स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएको भन्दै एमालेले कारवाही गर्ने निर्णय गरेको हो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भी रावल, उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेलाई पार्टीविरुद्ध गतिबिधि गरेको भनी स्पष्टीकरण सोधिएको थियो। उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै चारैजना नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको एमालेले जनाएको छ।

पार्टीवाट यस अघि नै निलम्बन गरिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी शर्मा ओलीसँग नजाने बताएका छन्। बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु नयाँ कमिटीको तयारीमा रहेको र छिट्टै घोषणा गने बताएका हुन्। ‘हामी केपी ओलीतिर जाँदैनौँ। उनले कारबाही गरेर आत्तिएका पनि छैनौँ’, नेपालले भने, ‘हामी नयाँ कमिटीको तयारीमा छौँ, छिट्टै घोषणा गर्छौं।’

उनले नयाँ कमिटीसँगै देशव्यापी संगठन बनाउने र अन्य दलसँग सहकार्य गरेर ओलीलाई एक्ल्याउने बताए। उनले सहकार्यका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको बताए। ‘हामी देशव्यापी संगठन बनाउने अभियानमा हिँडेका छौं’, उनले भने, ‘अन्य दलसँग पनि सहकार्यका लागि छलफल गरिरहेका छौँ।’

उनले ओलीले चुवाव घोषणा गरे आफूहरुले पनि उम्मेदवारी दिने र अन्य दलसँग मिलेर चुनाव ल ड् ने बताए। उनले ओलीले सुघ्रन चाहे पार्टी एक हुनसक्ने र त्यसका लागि फागुन २८ पछिका सबै निर्णय खारेज हुनुपर्ने बताए। ‘केपी ओली सच्चिन चाहन्छन् भने फागुन २८ मा भएका निर्णय सच्याऊन्। हामी पुराना कुरा बिर्सिएर नयाँ ढंगबाट अगाडि बढ्न तयार छौं’, उनले भने, ‘होइन भने हाम्रो संघर्ष जारी रहन्छ।’ उनले एमालेका ८ लाख सदस्यमध्ये आफ्नो पक्षमा ६ लाख र ओली पक्षमा २ लाखमात्रै भएको दाबी गरे।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार