• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

दुखमा साथ दिएकी श्रीमती पोइला गएकै भएपनि फर्केर आउ भन्दै श्रीमान रुँदै मिडियामा (भिडियो)


मोरगंको उर्लावारी ४ का मोहन राजवंशी १२ वर्ष साउदीमा बसेर पसिना बगाए । उनी अव घरमै बस्ने र परिवारसंग समय विताउने योजननामा नेपाल फर्किए । विवाह भएको वर्षौ पछि वुढेसकालमा श्रीमती हराएपछि अहिले उनका श्रीमान रुँदै मिडियामा सार्वजनिक भएका छन् ।

उनले दुखमा साथ दिएकी श्रीमती पोइला गएकै भएपनि फर्केर आए आफुले स्वीकार गर्ने बताएका छन् ।एक साता अघि विदेशवाट नेपाल आएका मोहनले अहिले पनि श्रीमतीलाई फर्केर आउन आग्रह गरेका छन् । उनीहरुका दुई छोरा र एक छोरी हुर्कीसकेका छन् । दुई छोरा मध्य एक छोरा २२ र अर्का १४ वर्षका छन्, छोरी २४ वर्षकी भइसकिन् । उनीहरुको विवाह गर्नुपर्ने वेलामा श्रीमती जिवन परियारसंग हिडेपछि पुरुष अहिले रुँदै मिडियामा आएका छन् ।

जसका लागि दुख गर्न भन्दै विदेश गएका थिए उनै परिवारले वुढेसकालमा यस्तो धो का दिए प छि उनलाई वि ष खा उँ की भनने लाग्छ, उनले दुख मनाउ गर्दै भनेका छन् ।छोराछोरी घरमै हुँदा आमा हिडेकी हुन् । छोराछोरीले माघमा आमाको ब्यवहार देखेर शं का गरेका थिए । उनीहरुले आमालाई सोधे । एक जना साथीको बुवाले कान्छो छोरालाई बोलाएर आमाको बारेमा सुनाएका थिए । तेरो आमाले अर्कै पुरुषलाई भेट्ने गरेको हामीले देखेका छौं भनेर कान्छा छोरालाई सुनाइदिए, उनले आमालाई आएर सोधे आमाले छोराछोरीको कसम खाएर त्यस्तो होइन भनेपछि छोराछोरीलाई पनि विश्वास लागेको बताए । आमालाई गाउँलेले शंका गरेका पुरुष गाउँकै हुन् । बैंकको ब्यालेन्स सकेको र घरमा भएको गरगहना सबै लिएर गएको छोराछोरीले नै बताएका छन् ।

उनका श्रीमानले पनि अब उनी आफुसंग भन्दा अर्कैसंग खुसी हुने भए उतै जान भन्दै आफ्नो सम्पत्ती भने फिर्ता दिन आग्रह गरेका छन् । यदि श्रीमती फिर्ता आउन चाहे स्वीकार गर्ने पनि बताएका छन् । कहिले काँही त जिवन नै सकिदिउँ की जस्तो लाग्ष्छ, उनले भने १२ वर्ष विदेशमा बसेर कमाएको सम्पत्ती पनि छैन श्रीमती पनि छैनन् । १२ वर्ष विदेशमा बसेका श्रीमानले जव अब म घर आउँछु पैसा पठाउन सक्दिन भनेर खबर पठाएपछि श्रीमान घर आइपुग्नु पहिले नै श्रीमतीले घर छोडेकी छन् । उर्लावारी ४ आइतवारीका मोहनको यस्तो अवस्था भएको हो । उनको श्रीमती हराएको एक महिना हुन लागेको छ ।

दुखमा साथ दिएकी श्रीमती हो, घरमा पैसा नहुँदा कति दुख सहेकै हो तर अब घरमा भरीपुर्ण भएपछि किन ग ल्ती गरेर श्रीमती हिँडी, श्रमिानले के भन्ला भन्ने लागेको हो भने पनि म माफी दिएर स्वीकार गर्छु । समाजलाई पनि मैले नै सम्झाउँछु उनले आफ्नो पी डा पोख्दै सुनाए । उनले दुखमा साथ दिएकी श्रीमतीको साथ खोजेको बताए ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार