• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

ओली सरकारलाइ दिएको समर्थन फिर्ता लिन बसेको बैठकमा माओबादीकै नेताहरु उपस्थित नभएपछि ….


काठमाडौँ – नेकपा माओवादी केन्द्रको आज (आइतबार) बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित भएको एक नेताले जानकारी दिए । आजको बैठकमार्फत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा

थियो । तर अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ।काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ ।अर्काे बैठक कहिले बस्ने भन्ने टुंगो लागि नसकेको उनले बताए । नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको बताइएको छ ।

बिहीबार बसेको बैठकले एकर दुई दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको परिवेशमा बस्न लागेको माओवादी केन्द्रकाे बैठकलाई महत्त्वका साथ हेरिएको थियो ।सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेर त्यसलाई केन्द्रीय कमिटीमा अनुमोदनमा लैजाने सक्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

२३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यस अघि नै समर्थन फिर्ता लिने सहमति भैसकेकोले आज औपचारिक निर्णय हुने उनको भनाइ छ।

पुनर्स्थापित माओवादी केन्द्रले पार्टीको नयाँ संगठनका संरचना समेत बनाइ नसकेकोले यसपटकको केन्द्रीय कमिटी बैठकले ती विषयमा निर्णय लिनेछ। संगठन पुनः संरचनाबारे माओवादी केन्द्रले कार्यदल समेत बनाएको थियो ।पार्टीको नाम फेर्ने एजेन्डा पनि माओवादी केन्द्रको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार