• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७७ चैत्र २५ गते बुधवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत्र २५ गते, बुधवार, ७ अप्रिल २०२१। चैत्र कृष्णपक्ष एकादशी तिथि। धनिष्ठा नक्षत्र।चन्द्रराशि– मकर,१७ः३३ बजेदेखि
कुम्भ। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०६ :१६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान

०५:५० बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०६:३० बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा दुविधा पनि उत्पन्न हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्थान परिवर्तनका विशेष योग देखिन्छन् । मनोरञ्जनमा सहभागी भइएला । रोकिएको धन हात पर्नेछ, तर साँझमा पैशा खर्च हुने योगछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ । । सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयरबाजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार