• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीले बोलाए माधब समूह सहित महाधिवेशन आयोजक समितिको बैठक


काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक बोलाएका
छन् ।६ वैशाख मा महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताए ।यो बैठकले पार्टीको

महाधिवेशनका विषयमा निर्णय गर्ने उनले बताए । एमाले अध्यक्ष ओली पक्षीय केन्द्रीय कमिटीका सदस्यहरुको बैठकले एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।

समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बनको कारबाही गरेका छन् । ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।

गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।

गएको ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयमा साथ दिने नेताहरुलाई सांगठनिक जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको एक नेताले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार