• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

यी हुन् पार्टीको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने एमाले चार प्रदेशसभा सदस्य


काठमाडौं : नेकपा एमालेका चार प्रदेश सभा सदस्यले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही को पद
जोगिएको छ।प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमाले का माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै मुख्य

मन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन्।मुख्यमन्त्री शाहीको पक्षमा एमालेका वरिष्ठ नेता माधव नेपाल खेमाका ४ जनाले मतदान गरेका हुन्। यसरी मतदान गर्नेमा प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा, कुर्मराज शाही छन्।मुख्यमन्त्री शाहीले प्रदेशसभामा आफूलाई प्रदेशसभाको बहुमतको विस्वास रहेको छ भन्ने प्रस्ताव पेश गरेकामा माओवादीका १२, कांग्रेसका ६, एमालेका चार जनाले मत दिएका थिए।

तत्काल कायम रहेको प्रदेशसभाको ३९ सदस्य मध्ये ३७ जनाले मतदान प्रक्रियामा सहभागि भएका थिए। शाहीले राखेको प्रस्तावको विपक्षमा एमालेका १५ सांसदले मतदान दिए। प्रदेशसभामा एमालेका तर्फबाट सदस्य रहेका सभामुख र राप्रपाका एक सदस्यले मतदान गरेनन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जाेगिएकाे छ । प्रदेश सभामा विश्वासकाे मत पाएपछि शाहीको पद जोगिएको हो ।३९ जना सांसद रहेको कर्णाली प्रदेश सभाको विश्वास पाउन मुख्यमन्त्री शाहीलाई २० प्रदेश सभा सदस्यको मत चाहिन्थ्यो । मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभएको हो ।

प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । ६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । नेकपा एमालेका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार