• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

जस्ले जोगाइदिए धरापमा रहेको मुख्यमन्त्री शाहीको पद


सुर्खेत । कर्णाली प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसद मध्ये प्रकाश ज्वाला देवकोटा, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रहादुर शाहीको पद धराप हुनबाट जोगाइदिएका छन्।पार्टीका संसदीय दलको

ह्वीप उल्लंघन गर्दै उनीहरुले शाहीको पद धराप हुनबाट जोगाएका छन् । शाहीलाई पक्षमा मतदान गर्ने चारैजना मधव नेपाल पक्षीय सांसद हुन् ।
१५ जना ओली समूहले शाहीको विपक्षमा मत दिएका छन् भने राप्रपाकी एक्ली सांसद सोशिला शाहीले भने तटस्थ बस्ने निर्ण लिइन् ।शाही नेतृत्वको सरकारमा ज्वाला र बुढा मन्त्री रहेका थिए । ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । एमालेका सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका हुन् ।मुख्यमन्त्रीको पक्षमा माओवादीका १२, काँग्रेसका ६ र एमालेका ४ जना सांसदले मत दिएका हुन् । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । तर उनले शुक्रबार विश्वासको मतका लागि आवश्यक पर्ने २० मतमा २२ मत पाएका छन् । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैका सभामुखसहित २० सांसद छन् ।

शुक्रवारको बैठकमा ३७ सांसद उपस्थित थिए । यस्तै माओवादीका १२, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । प्रदेश सभामा एक्लै बहुमत भएकाले एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरत गरिरहेको थियो । तर शुक्रबार एमाले नेता माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई साथ दिएपछि एमाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा असफल भएको छ ।

यसअघि कर्णालीमा एमाले र माओवादीबीच पार्टी एकता भई नेकपा हुँदा माओवादीको नेतृत्वमा एमाले पनि सरकारमा सहभागि थियो । तर सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी अलग भएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो । एमालेले साथ छाडेपछि कर्णाली सरकार अल्पमतमा परेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार