• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ वैशाख ०८ गते बुधवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख ८ गते, बुधवार, २१ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, नवमी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि– कर्कट।इटहरी सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:२३ बजे. काठमाण्डौं , नेपाल मा सूर्योदय : बिहान ०५: ३६ बजे र सूर्यास्त :

साँझ ०६:३२ बजे,पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:३७ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । सन्तान सुख पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक प्रतिष्ठा कमाउने बेला छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कृषि क्षेत्रको काम पनि अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक कार्यमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथीभाइबाट बढी फाइदा लिने समय छ । जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोबारमा सफलता पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा धनलाभ हुने योग छ । भूमिबाट लाभ नै रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार