• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

ओलीको कारवाही रोक्न सर्वोच्च पुगेको नेपाल-खनाल समूहको रिट निवदेन दर्ता भएन


काठमाडौं : नेकपा एमालेको असन्तुष्ट समूहले रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ। वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले आफ्नो समूहका सांसदलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान विपरीत स्पष्टीकरण सोधेको भन्दै निवेदन

दिएको हो। अदालतमा रिट निवेदन दिएको भए पनि दर्ता भने भएको छैन। निवेदकले भोलि दर्ता हुने बताए। नेपाल-खनाल समूहका तर्फबाट अधिवक्ताद्वय गोविन्द वन्दी र टिकाराम भट्टराई निवेदन दर्ताका लागि अदालत पुगेका थिए। वन्दीले आज रिट निवेदन दर्ता हुन नसकेको बताए।’आज हामी जान पनि अलिकति ढिलो पनि, समय अभावले दर्ता भएन। निवदेन बुझाएर रजिष्टारकहाँ पुगेको छ। अन्य कुनै कारणले दर्ता हुन नपर्ने भएमा भोलि दर्ता हुन्छ,’ उनले भने।

‘अन्य कुनै कारणले दर्ता हुन नपर्ने’ भन्ने बन्दीको भनाइ अनुसार सर्वोच्च अदालत प्रशासनले निवेदनमा चित्त नबुझेमा दरपीठ गर्न सक्छ।ओलीले मंगलवार कर्णाली प्रदेशका ५ जना, संघका २७ जना गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।

नेपाल समूहका सांसदको मंगलवारको भेलाले अदालत जाने निर्णय गरेको थियो। नेपाल-खनाल समूहले २७ जना सांसदलाई सोधिएको स्पष्टीकरण पार्टी विधान विपरीत भएको दाबी गरेको छ। समानान्तर गतिविधि गरेकै आधारमा कारवाही गर्न नमिल्ने उक्त समूहको तर्क छ।

‘आज हामी जान पनि अलिकति ढिलो पनि, समय अभावले दर्ता भएन। निवदेन बुझाएर रजिष्टारकहाँ पुगेको छ। अन्य कुनै कारणले दर्ता हुन नपर्ने भएमा भोलि दर्ता हुन्छ,’ उनले भने।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार