• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ वैशाख १० गते शुक्रवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख १० गते, शुक्रवार, २३ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, एकादशी तिथि(१७ः४२ बजेदेखि द्वादशी)।पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि– सिंह। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय

: बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विद्या र बुद्धिमा ह्रास हुनसक्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार