• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

बालुवाटार बैठकबाटै रुँदै बाहिरिइन् एमाले नेतृ भगवती चौधरी


काठमाडौं : नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी बालुवाटारामा जारी महाधिवेशन आयोजक समितिको बैठकबाट बिचमै निस्किएकी छिन्। बालुवाटारमा जारी बैठकबाट भगवती चौधरी सहज रुपमा भने निस्किएकी थिइनन्। ओलीको निकटतम र एक पटक राज्य मन्त्री

समेत भइसकेकी चौधरी बालुवाटारबाट रुँदै बाहिरिएकी हुन्। उनी बैठककै बिचमा यसअघि पनि बाहिरिएकी थिइन्। तर, त्यतिबेला एमाले नेताहरुले फकाउँदै भित्र लगेका थिए।उनी यसपटक बैठकबाट रुँदै बाहिरिएको र सामुहिक राजिनामा दिने आक्रोशसहित गाडी चढेर बालुवाटरबाट निस्किएकी छिन्।’जे जे गर्न मन लाग्छ गरे भइगयो नि। म किन चाहियो?,’ भन्दै उनी बाहिइन्। सुनसरी जिल्लाका नेता चौधरीले दोस्रो संविधानसभा निर्वाचन र पछिल्लो आम निर्वाचनमा विजयकुमार गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन्। उनी पहिलो संविधानसभामा मनोनित सांसद थिइन्।जगदिश कोशियारीलाई एमालेको जिल्ला इञ्चार्ज बनाएपछि उनी असन्तुष्ट रहँदै आएकी हुन्। आज उनले रुँदै बाहिरिनुको कारण नखुलाए पनि त्यसको कनेक्सन उनै इञ्चार्ज कोशियारीको नियुक्तिसँग जोडेर हेरिएको छ।

माधव नेपालसहित २७ सांसदलाई कारबाही गर्ने जिम्मेवारीसहित नयाँ स्थायी समिति गठन
नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका २७ जना सांसदहरुलाई के कस्तो कारवाही गर्ने भन्‍नेबारेमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। उनीहरूको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय भएको हो। एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीमा फ्लोरक्रस गर्ने ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासन गर्ने निर्णय भएको छ ।

स्पस्टीकरण सोधिनेमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरू रहेका छन्। एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच मेरियट होटलमा बुधबार र बिहीबार भएको वार्ता खासै सकारात्मक नभएपछि संस्थापन पक्षले कारबाहीको प्रक्रियालाई निरन्तरता दिएको हो।

ओलीले बनाए नयाँ स्थायी समिति
पार्टीभित्रको विवाद व्यवस्थापन नहुँदै ओलीले नयाँ स्थायी कमिटी पुनर्गठन गरेका छन्। ओली गठन गरेको स्थायी कमिटीमा नेपाल–खनाल समूहका नेतालाई समेटिएको छैन। स्थायी कमिटीमा ईश्वर पोखरलपछि रामबहादुर थापा बादललाई राखिएको छ। स्थायी कमिटीमा क्रमशः केपी शर्मा ओली, बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ,

शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महाशेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन्।स्थायी कमिटीमा बाँकी सदस्यहरु पछि मनोनयन गर्ने बताइएको छ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार