• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

अन्तरास्ट्रिय बरियतामा नेपालका कुशल भुर्तेल भारतका कप्तान विराट कोहली भन्दा सिनियर


२०२१ मा सर्वाधिकटी–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सुचीमा कुशल भुर्तेल पाँचौ स्थानमा उक्लिएका छन्।नेदरल्यान्डस्विरुद्ध
७७ रन बनाएपछि भारतका कप्तान विराट कोहलीलाई उछिनेर उनी पाँचौ स्थानमा उक्लिएका हुन् । यस सुचीमा पाकिस्तानका महोम्मद रिजवान

पहिलो, न्युजिल्यान्डका मार्टिन गुप्टिल दोस्रो, पाकिस्तानकै बाबर आजम तेस्रो, न्युजिल्यान्डका डिपी कनवे चौथो, नेपालका कुशल भुर्तेल पाँचौ र भारतका विराट कोहली छैटौं स्थानमा छन् । यस वर्ष सर्वाधिक टी–२० रन बनाउने क्रममा महोम्मद रिजवानले ९ खेलमा ४ सय ३९ रन बनाएका हुन् । आठ खेल खेलेर मार्टिन गुप्टिलले ३ सय १८ रन बनाएका छन् । त्यसैगरी बाबर आजमले ९ खेलमा ३ सय २ रन बनाएका छन् । डिपी कनवेले ८ खेलमा ७ इनिङ्ग्स खेल्दै २ सय ९९ रन बनाएका छन् । भूर्तेलले अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ७९ रन बनाएका छन् ।

भारतका कप्तान कोहलीले यस वर्ष अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ३१ रन बनाएका छन् ।
आईसीसीको शीर्ष १०० मा

काठमाडौंमा जारी त्रिदेशिय टी–२० अन्तर्रांष्ट्रिय शृंखलामार्फत नै टी–२० डेब्यु गरेका भुर्तेल यो प्रतियोगिता नसकिदैं स्टार ब्याट्सम्यान बनिसकेका छन् ।

उनी टी–२० खेलमा आईसीसीको शीर्ष १ सयभित्र पर्न सफल एकमात्रै नेपाली ब्याट्सम्यान हुन् । कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्यान्डस्विरुद्धका तीन खेलमा क्रमश ६३, ६२ र ७७ रन तथा मलेसियाविरुद्धका दुुई खेलमा ६१ र १६ रन बनाएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार