• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

हिन्दु सेन्टिमेन्ट तान्दै केपी ओली, राप्रपाबाट फुत्किँदै एजेण्डा


राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले पार्टीले जबरजस्तरुपमा अघि सारेको हिन्दुत्व को एजेण्डा फुत्किने खतरा देखिन थालेको छ । राप्रपाको एजेण्डा एमाले अध्यक्ष केपी ओलीले खोस्न खोजे को भन्दै राप्रपाका नेताहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।प्रधानमन्त्री समेत रहेका

एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समय एकपछि अर्को गर्दै हिन्दु जनमतलाई आफ्नो पक्षमा पार्ने गरी गतिविधि गर्दै आएपछि पछिल्लो राप्रपा सशंकित मात्रै बनेको छैन, सो पार्टीका जिम्मेवार नेताले सार्वजनिकरुपमै कटाक्ष गर्न थालेका छन् ।यसैसाता प्रधानमन्त्री ओलीले बालुवाटारमा राम, लक्ष्मण, सीता र हनुमानका मूर्तिहरू पूजा गरेकै दिन राप्रपा अध्यक्ष कमल थापाले गरेको ट्विटले पनि राप्रपा नेताहरुको चिन्तालाई अभिव्यक्त गर्दछ । अध्यक्ष थापाले लेखेका थिए–‘हिन्दुराष्ट्रको पहिचान समाप्त पारी धर्म परिवर्तनको बिदेशी एजेण्डा कार्यान्वयन गर्ने, धर्मलाई अफिम ठान्ने, ईश्वरको अस्तित्व अस्वीकार गर्ने, संस्कृति परम्परा मास्ने कम्युनिष्ट/मार्क्सवादीहरूलाई मठ मन्दिरप्रतिको कृत्रिम÷चुनावी मोह होइन, हिन्दुराष्ट्र पुनस्थापना गर्ने साहस देखाउन आग्रह गर्दछु ।’राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मार्क्स र माओको शालिकसँगै राम र हनुमानको पनि मन्दिर पनि ओलीले राख्न खोजेको भन्दै कटाक्ष गरेका छन् । उनले कवितात्वमक शैलीमा व्यङ्ग्य भनेका छन्–

हिन्दु सेन्टिमेन्ट बटुल्दै ओली
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशव्यापी विरोध हुँदै गर्दा उनले हिन्दु सेन्टिमेन्टलाई आफ्नो पक्षमा पार्ने गरी गतिविधि सञ्चालन गरे । भलै उनले हिन्दुराष्ट्रको पक्षमा अहिलेसम्म मुख खोलिसकेका छैनन् । संसद भङ्ग गर्दै दुई चरणमा चुनाव घोषणा गरेपछि जनआक्रोस बढ्दै सरकारविरोधी प्रदर्शन भइरहेको अवस्थामा उनले पशुपतिमा जलहरी राख्न आर्थिक सहयोगको घोषणा गर्नुका साथै नारायणहिटीको आँगनमा पार्टीको शक्ति प्रदर्शन गराए । ओलीकै पार्टीका नेताहरुले ओलीले त्यहाँबाट हिन्दुराष्ट्रको एजेण्डाबारे बोल्ने अभिव्यक्ति दिए पनि ओलीले त्यस्तो त गरेनन् हिन्दु जनमत बटुल्ने अभियानलाई भने जारी राखे । त्यसकै सिलसिलामा उनले कहिले रामको जन्म ठोरीमा भएको बताए त त्यही ठोरीमा रामसीताको मन्दिर प्रतिस्थापन गर्ने निर्णय लिए । यस्तै ओलीले हिन्दु दर्शन र मूल्य मान्यताका लामो प्रवचन दिने कार्यलाई निरन्तरता दिँदै आएका छन् ।

काँग्रेसमा पनि कम छैन हिन्दुवादीको धार !
एमालेमा ओली एक्लैले हिन्दु जनमत बटुल्नेगरी गतिविधि गर्दै गर्दा काँग्रेसमा पनि हिन्दुराष्ट्र हुनुपर्छ भन्ने मत एकथरीमा रहेको छ । त्यसमा काँग्रेसमा हिन्दुराष्ट्र हुनुपर्छ भन्नेमा महामन्त्री शशांक कोइरालाले सार्वजनिक रुपमै जाहेर गर्दै आएका छन् । यद्यपि काँग्रेसले हिन्दुराष्ट्रको पक्षमा खुलेआम गतिविधि र सेन्टिमेन्ट आफूतिर पार्ने गतिविधि भने गरेको पाइँदैन । बरु यदाकदा हिन्दुराष्ट्रको पक्षमा युवाहरु सडकमा आउने गरेका छन् । कोरोना महामारी उग्र बन्दै गर्दा गतवर्षको मध्यतिर युवाहरुको प्रदर्शन व्यापक बनेको थियो । सो प्रदर्शन यसरी फैलियो कि देशव्यापी बन्न पुग्यो ।

प्रदर्शन नतिजामुखी नभएपनि त्यसले हलचल मच्चाइदिएको थियो । रोचक त के रह्यो भने सो प्रदर्शनमा हिन्दुवादी र राजावादीको एजेण्डा बोक्ने राप्रपा कहीँकतै देखिएन । बरु आन्दोलन चर्किन थालेपछि आफूहरुको पनि समर्थन रहेको राप्रपा अध्यक्ष कमल थापालगायतले बताए । तर युवाहरुले भने आफूहरु स्वतस्फूर्त रुपमा सडकमा आएको भन्दै खण्डन गरे । यसले पनि राप्रपा एजेण्डालाई सही रुपमा उठाउन नसक्ने अवस्थामा पुगेको सो एजेण्डा फुत्किने दिशातिर पुगेको विश्लेषकहरुको भनाइ छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार