• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

म प्रधानमन्त्री नरहने जोखिम छ। माधव नेपालसंग अब एकता टुट्यो। – प्रधानमन्त्री ओली ( भिडियो सहित )


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्ष सँग अब एकै ठाउँ मा बस्न सकिने अवस्था नरहेको भन्दै उनीहरुमाथि जस्तोसुकै कारबाही हुने पनि स्पष्ट पार्नुभएको छ । ईमेज टेलिभिजनको हटसिटमा जगदीश खरेलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले माधव

नेपालको अहंकारसँगै बस्न नसक्ने मुख्य कारक रहेको जिकीर गर्नुभयो ।प्रधानमन्त्री ओलीले आफ्नो चाहना बाँकी कार्यकाल पूरा गर्ने भए पनि देशको आवश्यकता तत्काल चुनाव भएकाले मुलुक त्यतैतिर जाने दाबी पनि गर्नुभयो ।सरकारविरुद्ध कुनै पनि बेला अविश्वास प्रस्ताव आउन सक्नेतर्फ सचेत रहेको र त्यसका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो । मधेशका मुद्दा सम्बोधनका लागि आफू तयार रहेको पनि प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता हेर्नुस ।

बालुवाटारको निष्कर्ष : जसरी पनि सरकार ढल्छ भने कारबाहीमा हतार नगरौं
नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध एकढिक्का भएर लड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले कोरोना रोकथाम गर्न सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्दै पार्टीपंक्ति परिचालित हुन निर्देशन दिए ।

उनले कोरोना महामारी रोकथाम बाहेक स्पष्टीकरण सोधिएकालाई कारबाही प्रक्रिया र अहिले विकसित राजनीतिक घटनाक्रमबारे पनि जानकारी दिएका थिए । अविश्वासको प्रस्ताव ल्याउने कोशिश भइरहेको भन्दै उनले भने, ‘प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो भएन, तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउन पनि प्रयासहरु हुँदै गरेका छन्, तिनीहरुको बारेमा हामीले आवश्यक जानकारीहरु लिइरहेका छौं, आवश्यक निर्णयहरु उपयुक्त समयमा गरिनेछ ।

केन्द्रीय सदस्य एवम् कार्यालय सचिव शेरबहादुर तामाङ आजको बैठकपछि भने स्थायी कमिटीबाट हुने उक्त निर्णयले केन्द्रीय कमिटी बैठककै मान्यता पाउने बताए । ‘स्पष्टीकरणबारे स्थायी कमिटीबाट हुने निर्णय केन्द्रीय कमिटीकै हुने भनेर हस्ताक्षर गरिएको छ’, उनले भने । पार्टीमा समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन अवज्ञा गरेको भन्दै ६ वैशाखको महाधिवेशन आयोजक कमिटी बैठकबाट माधव नेपाल सहित २७ सांसदलाई स्पष्टीकरण सोधिएको थियो । त्यसमध्ये एक जना बाहेक सबैले स्पष्टीकरण बुझाइसकेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार