• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड नेपालको राष्ट्रिय समस्या हुन् । माधव नेपालसंग अब एकता टुट्यो। – प्रधानमन्त्री ओली ( भिडियो सहित )


काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्ष सँग अब एकै ठाउँ मा बस्न सकिने अवस्था नरहेको भन्दै उनीहरुमाथि जस्तोसुकै कारबाही हुने पनि स्पष्ट पार्नुभएको छ । ईमेज टेलिभिजन को हटसिट मा जगदीश खरेलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले माधव

नेपालको अहंकारसँगै बस्न नसक्ने मुख्य कारक रहेको जिकीर गर्नुभयो ।प्रधानमन्त्री ओलीले आफ्नो चाहना बाँकी कार्यकाल पूरा गर्ने भए पनि देशको आवश्यकता तत्काल चुनाव भएकाले मुलुक त्यतैतिर जाने दाबी पनि गर्नुभयो ।सरकारविरुद्ध कुनै पनि बेला अविश्वास प्रस्ताव आउन सक्नेतर्फ सचेत रहेको र त्यसका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो । मधेशका मुद्दा सम्बोधनका लागि आफू तयार रहेको पनि प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता हेर्नुस ।

रोकिए ओली, कोरोनाबारे निर्देशन
दुई दिन अगाडि मात्रै सकिएको बैठक फेरि बस्ने भन्दै शनिवार साँझ केन्द्रीय सदस्यहरुलाई सूचना दिइएको थियो । स्रोतका अनुसार, आकस्मिक बैठक बोलाउनुको कारण स्पष्टीकरण सोधिएकाहरुलाई कारबाही गर्नु नै थियो ।दश जनालाई तत्काल कारबाही गर्ने तयारी अनुरुप अध्यक्ष ओलीले बैठक बोलाएका थिए । तर, महाधिवेशन आयोजक कमिटी बैठक बस्नुअघि शुक्रबार मात्रै बनेको स्थायी कमिटी बैठक बस्यो । स्थायी कमिटी बैठक ढिलोसम्म चलेपछि दश बजे भनेर बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक भने मध्यान्ह पछि मात्रै बस्यो । तर, धेरैबेर चलेन । ‘कोरोनाबारे छलफल गर्न बैठक बोलाइएको थियो । सीसीएमसीले दिएको जानकारी अनुसार, पार्टीमा छलफल गर्नुपर्ने थियो’, प्रधानमन्त्री ओली निकट नेता निरु पालले भनिन् । तर, बालुवाटार बैठकमा उनले भनेजस्तो कोरोनाबारे पनि धेरै छलफल भएन ।

बरू, आइतबार दिउँसो तीन बजे बस्ने सीसीएमसीको बैठकले ठोस निर्णय गर्ने र त्यसैअनुसार, चल्न निर्देशन दिइएको छ । कारबाही प्रयोजनकै निम्ति बोलाइएको आकस्मिक बैठकमा अध्यक्ष ओलीले कोरोनातिर कुरा मोड्नुमा भने स्थायी कमिटी बैठकको निर्णयले काम गरेको एक नेताले बताए ।ती नेताका अनुसार, कारबाही गर्ने कदमबाट ओली रोकिनुमा स्थायी कमिटीमा उनी अल्पमतमा पर्नु थियो । स्थायी कमिटीमा अध्यक्ष ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलबाहेक कसैले पनि साथ दिएनन् । तत्काल कारबाहीको निर्णय हतारो हुने भएकाले यसतर्फ जान उचित नहुनेमा विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङलगायत बाँकी नेताको एकमत थियो । स्रोत भन्छ, ‘आजै कारबाही गरेर अगाडि बढ्नुपर्छ भन्नेमा अध्यक्षलाई ईश्वर पोखरेलबाहेक कसैले साथ दिएनन् । त्यसपछि अध्यक्ष ओली पछि हट्नुभयो ।’

उनीहरुले अध्यक्ष ओलीलाई कर्णाली प्रदेशको घटना सम्झाएका थिए । ‘फ्लोर क्रस गर्छन् भने पनि त्यसपछि कारबाही गरौं । हतारमा निर्णय गर्दा उनीहरुले बोल्ने ठाउँ पाउँछन् । हामी फ्लोर क्रस गर्ने थिएनौं, कारबाही गरियो भन्छन्’ भन्नेमा नेताहरु एकमत भए । स्थायी कमिटीको पहिलो पटक बसेको बैठकमा नेताहरुले ‘फ्लोर क्रस हुन्छ र सरकार जसरी पनि ढल्छ’ भन्ने निष्कर्ष हो भने पनि कारबाहीको हतारो गर्न नहुनेमा जोड दिएका थिए ।

‘अहिलेको संसद समीकरणमा फ्लोर क्रस भए पनि र कारबाही गर्दा पनि सरकार ढल्छ भने कारबाहीको हतारो नगरौं भन्ने हो’, एक नेता भन्छन् । यसपछि भने अध्यक्ष ओली आजै कारबाहीको निर्णयबाट पछि हटेर कोरोना रोकथाम गर्न भइरहेको प्रयासबारे ब्रिफिङ गर्नतिर लागे ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार