• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

उपत्यका छाड्न २ दिने अल्टिमेटम ! लकडाउन २१ दिनसम्म लम्बिने


कोरोना संक्रमण बढेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुरमा यही वैशाख १६ गतेदेखि एक साताको निषेधाज्ञा लगाउने निर्णय गरेको छ । तिनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । एकहप्ता पछि संक्रमितको संख्याको अवस्था हेरेर कम्तिमा २ हप्ता लकडाउन थप हुन् सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हेर्नुस भिडियो।

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने
काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् । नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।

केके खुल्‍ने, केके बन्द हुने ?
कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ। निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

तीन जिल्लाका सिडीओहरूको निर्णय गृहमन्‍त्रालयबाट अनुमोदन भएपछि सार्वजनिक सूचना जारी हुनेछ। आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौंलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियोअत्यावश्यकबाहेक सबै सेवा स्थगित हुनेछन्। सार्वजनिक र निजी यातायात बन्द हुनेछन्। अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ। तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने भएका छन्।

त्यसैगरी होटल तथा रेष्टुरेन्टले होम डेलिभर गर्न अनुमति दिने तयारी छ। बैंक तथा वित्तीय संस्थाले तोकिएको मापदण्ड पालना गरेर सिमित जनशक्तिमा काम गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारी कार्यालयले पनि मापदण्ड पालना गरेर खोल्न सकिने व्यवस्था मिलाइएको छ। खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल हरेक दिन निश्चित समयसम्म खोल्न पाइने छ। विद्यालय, पार्टी प्यालेस, सिनेमा हल, सार्वजनिक सभा तथा जुलुसलगायतका भीडभाड हुने गतिविधिमा यसअघि नै सरकारले प्रतिबन्ध लगाइसकेको छ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार