• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

लुम्बिनीका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र, के हुन्छ पदमुक्त गर्ने सूचना ?


काठमाडौं । नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेका चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने संकेत पाएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेखे । ६ सदस्यीय संसदीय दललाई

स्वायत्तता दिई प्रदेशसभासम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको र त्यसलाई मान्यता दिइने भन्दै उनले लेखेको पत्रमा भनिएको छ, ‘केन्द्रीय स्तरबाट प्रदेशसभा सदस्यलाई कुनै कारबाही नभएको व्यहोरासमेत अनुरोध छ । जसपा नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार बिहीबार १ बजेर ५१ मिनेटमा यो पत्र सभामुखका साथै मुख्यमन्त्री र जसपा संसदीय दल, लुम्बिनी प्रदेशसभालाई पठाइएको थियो । तर अरुले इमेल पाए, तर सभामुखको सचिवालयले प्राप्त भएन भन्यो । मन्त्री बनेका चार प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रदेशसभा सचिवले बिहीबार अपरान्ह प्रकाशित गरेका छन् ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । ठाकुर निकट जसपाका एक नेताले पूर्व योजनाअनुसार नै चार सांसदलाई पदमुक्त गरेको बताए ।प्रदेशसभा सचिव दुलर्भकुमार पुन मगरले भने जसपा अध्यक्ष ठाकुरको पत्र नै नआएको दाबी गरे ।उनका अनुसार जसपा लुम्बिनी प्रदेश संसदीय दलले १४ वैशाखमा केन्द्रीय कार्यमकारिणी समितिको

निर्णयसहित राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ को (५) र प्रदेशसभा नियमावलीको नियम १९१ बमोजिम सूचना दिएको थियो । संसदीय दलको पत्रको साथमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षर भएको माइन्युटको फोटोकपी पनि पठाइएको छ ।सचिव मगरका अनुसार संसदीय दलले केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवको पत्र पनि पठाएको थियो ।

प्रदेशसभाले संसदीय दलमार्फत आएको निर्णयलाई मात्र मान्यता दिने भएकाले अध्यक्ष यादवको पत्रलाई रेस्पोन्स नै नगरेको भन्दै उनले भने, ‘अर्को अध्यक्षको पत्र त आएको छैन । तर उहाँको पनि आयो भने हामीले रेस्पोन्स गर्ने ठाउँ देखिँदैन ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार