• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

मुख्यमन्त्रीलाई निवासमै प्रदेश प्रमुखले सपथ खुवाए


बुटवल ।विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाउन प्रदेश प्रमुख धर्मनाथ यादव आइतबार
साँझ मुख्यमन्त्रीको निवासतर्फ प्रस्थान गरेका छन्।सेना,प्रहरीको सुरक्षा घेरामा रहेर उनी मुख्यमन्त्रीको सपथका लागि मुख्यमन्त्री निवास प्रस्थान

गरेका हुन् ।दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ ठुलो संख्यामा सुरक्षाकर्मी बोलाएर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको निवास लगिएको हो । बल प्रयोग गरिएपछि सांसदहरुले प्रदेश प्रमुख र प्रहरी दमनको विरोधमा नाराबाजी गरेका छन्।

पुनः नियुक्ति पाएका लुम्बिनीका मुख्यमन्त्री पोखरेलले लिए शपथ
आइतबार राजीनामा गरेर दिउँसो पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमनत्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

भर्खरै पोखरेलले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदले धर्ना दिएपछि पोखरेलले मुख्यमन्त्रीको कार्यालयमै शपथ लिएका हुन् ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार