• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

महन्थ–राजेन्द्र पक्षले जसपा सांसदलाई काठमाडौं बोलायो


वैशाख,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली ले संसदमा विश्वास को मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुर को निर्देशनमा कार्यालयबाट

सांसदहरुलाई फोन गएको थियो । फोनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर बस्न भनिएको थियो ।जसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सांसदहरुलाई काठमाडौं बोलाएको पुष्टि गरे ।
माधव नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।

तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।मेसेञ्जर एउटा माध्यम हो । अहिले कोरोना महामारी भएकाले भौतिक रुपमा पत्र पठाउन सम्भव छैन’, तामाङले भने । तीनै जनाले जवाफ दिइसकेको तामाङले बताए । ‘सकारात्मक रुपमा स्पष्टीकरण आएको छ । मैले अध्यक्षलाई त्यो जवाफ दिइसकेको छु,’ उनले भने ।‘स्पष्टीकरण पत्रमा नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको छ,’ सांसद खातुनले भनिन् । सांसदबाट कारबाही किन नगर्ने भन्ने पनि सोधिएको उनले बताइन् ।

‘मैले पनि नवौं महाधिवेशनको विधान अनुसार हिंडेको छु । मलाई लागेको आरोपको खण्डन गर्छु पनि भनेको छु,’ खातुनले भनिन् । तर, ७ चैतमा अध्यक्ष ओलीले संशोधन गरेको भनेको विधान भने आफूले नपढेको पनि उनले बताइन् ।‘दलको नेता रहनुभएका प्रधानमन्त्रीले बोलाउनु भएको दलको बैठकमा पनि गएको छु । तर, अहिले गाउँमा भएकाले अहिले बनेको विधान पढेको छैन,’ खातुनले भनिन् ।

यी तीन जनालाई यसअघि स्पष्टीकरण सोधिएको थिएन । नेपाल समूहको गतिविधिमा सक्रिय अन्य केही सांसदलाई पनि स्पष्टीकरण सोधिएको छैन ।तर, २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाएका छन् । उक्त दिनको निर्णय हेरेर निर्णय लिने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् ।‘अहिले तत्कालै कुनै प्रक्रिया अगाडि बढ्दैन । तर, त्यस दिन उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ, त्यसैमा धेरै कुरा निर्भर हुन्छ,’ तामाङले भने ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार