• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

गण्डकी र सुदूपश्चिमका प्रदेश प्रमुख बर्खास्त, नयाँ नियुक्ति


राष्ट्रपतिविद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई बर्खास्त गरेकी छिन् । गण्डकी प्रदेशमा सीता पौडेल प्रदेश प्रमुख नियुक्त भएकी छिन् । सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त भएका छन्।

गण्डकी र सुदूर पश्चिममा माओवादी निकट प्रदेश प्रमुखहरु रहेकोमा उनीहरुलाई हटाएर एमाले निकटलाई ल्याइएको हो । नवनियुक्त प्रदेश प्रमुखको सपथग्रहण शीलतनिवासमा आजै हुने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् ।

यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार