• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

स्वास्थ्य मन्त्री त्रिपाठीले थ’र्का’ए’पछि लुम्बिनीका दुई सांसद मुख्यमन्त्री पोखरेललाई नै साथ दिन आइपुगे


लुम्बिनीका दुई सांसद एकाएक कसरी मुख्यमन्त्री पोखरेललाई नै साथ दिन आइपुगे?।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले
थर्काएपछि २४ घण्टा नबित्दै लुम्बिनी प्रदेश सभाका दुई सांसदले एमालेलाई समर्थन गर्ने निर्णय गरेका छन्। सूर्य चिन्ह लिएर प्रदेश सांसद बनेका

अजय शाही र धर्मबहादुरलाल श्रीवास्तवले आइतबार एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन नगर्ने निर्णय गरेका थिए। तर, केन्द्रबाट आफ्नै मन्त्रीले थर्काएपछि २४ घण्टा बित्न नपाउँदै पोखरेललाई नै समर्थन गर्ने निर्णयमा पुगेका हुन्। सांसद शाहीले कानुनी र राजनीतिक रूपमा त्रुटी भएको भन्दै पुनः मुख्यमन्त्रीलाई नै समर्थन गर्ने निर्णय गरेको बताएका छन् । तर, एकाएक समर्थन नगर्ने भनेर भनेको केही घन्टा नबित्दै किन ब्याक ? केन्द्रबाट प्रेसर आएपछि समर्थन गर्न बाध्य भएको उनले बताए । मन्त्रीसमेत रहेका आफ्ना नेता त्रिपाठीलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएको बताइएको छ । त्यसपछि त्रिपाठीले दुवैलाई सोही अनुसार निर्देशन दिएको बताइन्छ ।मुख्यमन्त्री पोखरेललाई दुई सांसदले समर्थन फिर्ता नगरे मन्त्रीबाट हटाउने प्रधानमन्त्री ओलीले धम्की दिए पछि एकाएक घटना मोडिन पुगेको समाचार स्रोत बताउछ ।

लुम्बिनीमा एमाले छाडेका पाण्डे राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने
लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेय राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।सोमबार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मलाई गठबन्धनले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेर पत्रकार सम्मेलनमा जानकारी गराइसक्यो’ पाण्डेयले अनलाइनखबरसँग भने ।
नेकपा माओवादी केन्द्र दल त्याग गरेका अर्घाखाँचीका चन्द्रबहादुर खड्का हालै राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका छन् । उनको ठाउँमा नयाँ राष्ट्रियसभा सदस्य चयन गर्नुपर्ने भए पनि निर्वाचन आयोगले उपनिर्वाचनको मिति भने तोकेको छैन ।

नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेयले आइतबार पार्टी र सांसद पद त्यागेको घोषणा गरेका थिए । कपिलवस्तुका उनले आफू राष्ट्रियसभामा गठबन्धनको उम्मेदवार बने पनि कुन पार्टीबाट चुनावमा सहभागी हुने टुंगो नलागेको बताए । ‘म कुनै पार्टीमा प्रवेश गरेको छैन, यस विषयमा विचार गर्दैछु’ उनले भने ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार