• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

जनप्रतिनिधिहरुको भूमिकामा जनताले प्रश्न गरिरहेका बेला वडा अध्यक्षनै एम्बुलेन्स चालक बनेपछि…


देशैभरकोरोना भाइरसको दोस्रो लहरको महामारी चलिरहँदा जनप्रतिनिधिहरुको भूमिकामा जनताले प्रश्न गरिरहेका छन्।महामारीको
बेला जनतालाई साथदिनुपर्ने जनप्रतिनिधिहरु आफ्नो दायित्वबाट पन्छिरहेको आरोप उनीहरुमाथि लाग्ने गरेको छ।तर रौतहटका एक जनप्रतिनिधिले

भने आफै एम्बुलेन्स चलाएर कोरोना भाइरसको आशंका भएकाहरुलाई स्वाव संकलन गर्न लगेका छन् ।जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुत्तबहादुर थिंङ्गले आफ्नो वडाका कन्ट्याक ट्रेसिङ्गमा परेका, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई एम्बुलेन्समा हालेर आफैले सो एम्बुलेन्स चालएर सोही वडाको सहिद स्मृति पार्कमा स्वाव संकलन गर्न लगेका हुन् ।स्वास्थ्य चौकी जुडिबेलाको एम्बुलेन्स चालक बिरामी भएपछि स्वाव संकलनमा जान स्थानीयलाई समस्या आएको थियो ।संक्रमणको आशंका भएकाहरु चढाएर लानुपर्ने भएकाले कोही पनि एम्बुलेन्स चलाउन तयार नभएपछि वडाअध्यक्ष थिंङ्ग आफै एम्बुलेन्स चालक बनेका छन् ।उनले वडा भरिका करिब २५ जनालाई ६–७ पटक गरेर एम्बुलेन्समा हालेर स्वाव संकलन स्थानमा पु¥याएका थिए ।

एम्बुलेन्सको चालक नभएर स्वाव संकलन गर्नुपर्ने स्थानीयहरुलाई स्वाव संकलन स्थानसम्म जान गाह्रो भएपछि जनप्रतिनिधि र मानवताको नाताले आफै अगाडि आएर एम्बुलेन्स चलाएर स्वाव संकलनको लागि लगेको उनले बताए ।‘जनतालाई दुःख परेको बेला जनताबाट टाढा कसरी रहनसक्छुँ’ उनले भने, ‘ जनताप्रतिको उतरदायित्व निर्वाह गर्नलाई आफ्नो स्वास्थ्यको पनि प्रवाह नगरी नागरिक सेवामा लागेको हुँ ।’समयमै स्वाव संकलन गरेर परीक्षण नगरे वडाभरि संक्रमण फैलने डर रहेको र स्थानीयको स्वास्थ्यमा पनि असर गर्ने भएकाले आफूले स्वाव संकलनको लागि स्थानीयलाई सहजीकरण गरेको उनको भनाइ छ ।

सो नगरपालिकामा दैनिक रुपमा स्वाव संकलन नहुने भएकाले तोकिएको दिन स्वाव संकलनको लागि नगए अर्को दिन कहिले संकलन हुन्छ भन्ने थाहै हुँदैन । त्यसैले स्वाव संकलनको लागि तोकिएको दिनमा जानैपर्ने वाध्यता रहेको छ ।कोरोना कहरको बेला जनप्रतिनिधिहरु आफ्नो दायित्वबाट पन्छिरहेको अवस्थामा वडाअध्यक्ष थिंङ्गले आफूपनि संक्रमित हुने सम्भावित खतरालाई पनि नजरअन्दाज गरेर जनताप्रति देखाएको उत्तरदायित्व निकै प्रशंसा गर्न लायक रहेको स्थानीय राजेन्द्र आर्चायको भनाइ छ ।

केही दिन अघि सोही वार्डका एक ३८ वर्षिय पुरुषको कोरोना संक्रमणको कारण हेटौडा अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको थियो । गाउँमा अन्य धेरैलाई ज्वोरो आइरहेकाले समयमै व्यापक परीक्षण गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार