• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

एमाले विवाद : नेपाल समूहका सांसद जयकुमार राईले राजीनामा नदिने


काठमाडौं : नेकपा (एमाले) माधव नेपाल पक्षीय सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले पार्टी विभाजन हुने भए आफूले राजीनामा नदिने बताएका छन्। उनले आफू पार्टी एकताको पक्ष भएको बताउँदै भने, ‘राजीनामाले पार्टी विभाजन हुन्छ भने म त्यो पक्षमा छैन।’

उनले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्र्ने बताउँदै पार्टी एकताको पहल र प्रयत्न भइरहेको बताए। ‘अहिले यो देशको हितमा छैन, पार्टी लाखौं कार्यकर्ताको हितमा पनि छैन, लाखौँ कार्यकर्ताले पार्टी एकताका पक्षमा छन्’, सांसद राईले भने, ‘अहिले कोरानाको महामारीमा सबै एकजुट भएर यसको सामाना गर्नु पर्ने हो। तर, हाम्रा नेता झगडामा लागेको छन्।’उनले नेताहरुलाई झगडा छोडेर वार्ता र सहमतिका साथ अगाडि बढ्न पनि आग्रह गरे। उनले संसद विघटन ठिक कि बेठिक भन्ने कुरा सर्वोच्च अदालतले मिलाई दिइसकेको बताउँदै आफ्ना मुद्दाबाट भने आफू पछाडि नहटेको बताए।

उनले फागुन २३ मा सर्वोच्चले पार्टी ब्यूँताएको अवस्थाबाट नै पार्टी अघि बढ्नुपर्छ भन्ने आफू भएको बताए। ‘मुद्दा आफ्नो ठाउँमा छन्, हामीले पार्टी भित्रै ती मुद्दाको विषयमा लड्नुपर्छ र अन्तर संघर्ष गर्नुपर्छ’, उनले भने।

एमाले नेता मनमोहन अधिकारीको क्षेत्र रहँदै आएको सुनसरी १ बाट सांसद राईले जसपा नेता अशोककुमार राईलाई चुनावमा दोब्बर बढी मतान्तरले पराजित थिए।

उनले फागुन २३ मा सर्वोच्चले पार्टी ब्यूँताएको अवस्थाबाट नै पार्टी अघि बढ्नुपर्छ भन्ने आफू भएको बताए। ‘मुद्दा आफ्नो ठाउँमा छन्, हामीले पार्टी भित्रै ती मुद्दाको विषयमा लड्नुपर्छ र अन्तर संघर्ष गर्नुपर्छ’, उनले भने।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार