• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल सुपर लिग : फाइनलका लागि काठमाडौँ र धनगढी भिड्ने


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने भएका छन्। आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ। यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच

हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ। लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ। ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ। दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ। लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएको थियो। पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ पुग्ने टोलीको टुंगो लागेको छ। प्लेअफमा धनगढी एफसी, काठमाडौं रेजर्स, ललितपुर एफसी र बुटवल लुम्बिनी एएफसी पुगेका छन्। लिगको शीर्ष टोलीको टुंगो भने आइतबार हुने काठमाडौं र चितवनबीचको खेलपछि मात्रै लाग्नेछ।

लिगमा १० अंकका साथ धनगढी शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको काठमाडौंको पनि १० अंक नै छ। यसैगरी तेस्रो स्थानमा रहेको ललितपुरको ९ र चौथो स्थानको बुटवल लुम्बिनीको ८ अंक छ। बुटवल लुम्बिनी पोखरा थन्डर्सलाई हेड टु हेडमा पछि पार्दै प्लेअफमा पुगेको हो। पाँचौं स्थानमा रहेको पोखरा थन्डर्सको पनि ८ अंक नै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा १० खेलाडीमा सीमित भएको विराटनगर सिटी एफसीलाई ४–० गोलले पराजित गर्दै ललितपुरले प्लेअफमा स्थान सुरक्षित ग¥यो। ललितपुरलाई प्रभावशाली जित दिलाउन कप्तान अञ्जन विष्टले दुई गोल गरे। यस्तै विमल राना र नुर्लान नोरजुजोभ जाहिदले एक÷एक गोलको योगदान दिए।

तनावग्रस्त बनेको खेलमा दुवै टोलीले सुरुवातबाटै आक्रामक खेल खेलेका थिए। खेलको ३६औं मिनेटमा अञ्जनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए। खेलको ६३औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो। अञ्जन विष्टले दिएको पासमा विमल रानाले गोल गरेका थिए। ललितपुरले दोस्रो गोल गरेपछि खेल तनावग्रस्त बनेको थियो। रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदै विराटनगरका खेलाडीहरू मैदानबाट बाहिरिएका थिए। करिब १० मिनेटपछि विराटनगरका खेलाडी मैदान फर्किएका थिए।

८१औं मिनेटमा अञ्जन विष्टले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० को अग्रता दिलाए। कमल श्रेष्ठको फ्रिकिकमा अञ्जनले हेड गोल गरेका थिए। ८५औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटिएको थियो। कप्तान रञ्जित धिमालको स्थानमा मैदान छिरेका विजय धिमाल रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। विमल रानालाई तानेर लडाएपछि रेफ्रीले उनलाई दोहोरो पहेलो कार्ड देखाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा नुर्लानले गोल गर्दै ललितपुरलाई ४–० को जित दिलाए। मैदानको बीच भागबाट एक्लै अगाडि बल बढाउँदै उनले गोल गरेका थिए।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार