• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

माधव नेपाललाई मनाउन विष्णु पौडेल नेपाल निवास कोटेश्वरमा


काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउनका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउन प्रयास थालेका छन्। ओलीले आज बिहान नेपाललाई फोन गरी स्थायी कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन्। त्यसैगरी नेपाललाई मनाउन

अर्थमन्त्री विष्णु पौडेल कोटेश्वर पुगेका छन्। नेपाल निवास कोटेश्वरमा केही बेरको कुराकानीपछि पौडेल बालुवाटार फर्किसकेका छन्।ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउन लागिपरेका माधव झलनाथ खनाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ओलीले छलफलका लागि फोन गरिएको बुझेको र पौडेललाई पनि भेट्न पठाएको बताइएको छ। भेटमा मिलेर जानेबारे कुराकानी भएको बताइएको छ। पौडेलले नेपाललाई सांसदहरुको राजीनामा रोक्न आग्रह गरेका थिए।

नेपालले ओलीसँग फोनमै अहिले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको र चाँडै भेट हुनसक्ने जवाफ फर्काएका थिए। अहिले ९ बजेबाट बालुवाटारमा एमालेको स्थायी कमिटी शुरु हुने भनिएको छ। बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्यहरु बालुवाटार आइपुग्न थालेका छन्।

नेपाल झलनाथ खनाल पक्षले ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउने भन्दै सांसदहरुको राजीनामा तयारी अवस्थामा राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई गठबन्धनको सरकार बनाउने समयसीमा आज सकिँदैछ।

नेपालले ओलीसँग फोनमै अहिले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको र चाँडै भेट हुनसक्ने जवाफ फर्काएका थिए। अहिले ९ बजेबाट बालुवाटारमा एमालेको स्थायी कमिटी शुरु हुने भनिएको छ। बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्यहरु बालुवाटार आइपुग्न थालेका छन्।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार