• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन


काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ।उनको
शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो ।नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्मलाको महत्वपूर्ण योगदान रहेको मुख्यसचिव पौडेलले बताए ।नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशाेक परेकाे छ ।शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् ।

प्रदेश अस्पतालले भन्यो, ‘अब संक्रमितलाई भर्ना गर्न सक्दैनौं’
कर्णालीमा अक्सिजनको हाहाकार नै भएको छ। अक्सिजन अभाव देखाउँदै अस्पतालहरुले कोरोना संक्रमितको भर्ना गर्न नसकिने बताएका छन्। अक्सिजन अभावकै कारण अस्पतालहरु पन्छिन थालेपछि संक्रमितको उपचारमा जटिलता पैदा भएको हो।

संक्रमित बढेसँगै अस्पतालहरुले अक्सिजन अभावमा विरामी भर्ना लिन नसक्ने बताउन थालेका छन्। केहीदिन अघि प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्ट संचालनमा ल्याइएको थियो। अक्सिजन नहुँदा जिल्लाहरुबाट संक्रमितहरुलाई उपचारका लागि प्रदेश अस्पतालमा ल्याइयो। तर अहिले संक्रमितले अस्पताल भरिएपछि यहाँ उत्पादन हुने अक्सिजनले थेग्न नसकेको अस्पतालले जनाएको छ।

‘यहाँ उत्पादन हुने अक्सिजनले अब पुग्दैन’ प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले भने,‘अक्सिजनले नधान्ने भएपछि अब अस्पतालमा बाँकी संक्रमित भर्ना गर्न सकिन्न, यहाँ दैनिक तीनसय सिलिण्डर अक्सिजन चाहिन्छ। तर हाम्रो प्लान्टमा जम्मा एकसय सिलिण्डर मात्र उत्पादन हुन्छ।’

प्रदेश अस्पतालले अक्सिजन अभावमा शुक्रबारबाटै संक्रमितलाई भर्ना गर्न नसकिने सूचना प्रकाशित गरिसकेको छ। तत्काल कर्णालीमा बाहिरबाट अक्सिजन आपूर्ति हुने अवस्था छैन। यसले कर्णालीका अस्पतालहरुमा अक्सिजन अभाव भएको हो। अक्सिजन अभावकै कारण अस्पतालहरुले संक्रमितको ज्यान जोगाउन कठिन भइरहेको बताइरहेका छन्।

तर प्रदेशका जिल्लाहरुमा अक्सिजन प्लान्ट संचालनमा भने आलटाल गरिएको छ। कर्णालीमा अक्सिजन उत्पादन र प्लान्ट संचालनमा वेवास्ता गरिएको छ। प्रदेशका अधिकांश जिल्लामा अक्सिजन प्लान्ट संचालन गर्ने भनिएपनि यो योजना अलपत्र छ। विद्युत र प्लान्ट जडान गर्ने दक्ष जनशक्तिको अभाव देखाउँदै अक्सिजन प्लान्ट संचालनमा आलटाल गरिएको हो।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार