• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

प्रधानमन्त्रीले फेरि सपथ ग्रहण गर्नुपर्छ : उपेन्द्र यादव


जनतासमाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली पुनः सपथ ग्रहण गर्नुपर्ने माग गरेका छन्।
अध्यक्ष यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै बैशाख ३१ गते प्रधानमन्त्री ओलीको सपथ ग्रहणमा राष्ट्रपतिद्वारा वाचन भएको ‘सत्यनिष्ठापूर्वक

प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांशमा ‘प्रतिज्ञा गर्दछु’ नभनी ‘त्यो पर्दैन’ भनेर सपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा एवं गरिमामा गम्भीर आँच पुगेको यादवले बताएको छन् ।अब त्यो सपथ ग्रहण बदर गरी पुनः सपथ ग्रहण गर्नुपर्ने माग अध्यक्ष यादवले गरेका छन् ।

राजदूत नियुक्तिमा आपत्ति
जसपा अध्यक्ष यादवले सरकारद्वारा हाल गरिएको राजदूत नियुक्ति सिफारिस पनि समावेशी नभएको भन्दै आपत्ति जनाएका छन् ।संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्त बमोजिम राजदूत नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक–पटक राजदूत नियुक्त गर्दा समावेशी आधारमा नगरेको र मापदण्ड उल्लंघन गरेको आरोप यादवले लगाएका छन् ।

राजनीतिक नियुक्तिहरुसमेत संविधानको व्यवस्था विपरीत मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरुको न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको आरोप अध्यक्ष यादवले लगाएका छन् । उनले सबै निकायमा समानुपातिक, समावेशीका आधारमा नियुक्ति हुनुपर्ने माग गरेका छन् ।

कोरोना नियन्त्रणमा सरकार असफल रहेको बताउँदै यादवले स्वास्थ्यकर्मी, डाक्टर तथा आवश्यक जनशक्ति, बेड, अक्सिजन, आइसीयु, भेन्टिलेटर र औषधीको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार