• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

इटहरीमा पुरै बस्ती बिरामी, काेराेना संक्रमण रहेकाे पुष्टि


इटहरी /इटहरीमा पुरै बस्ती बिरामी भएकाे गाँउमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ।इटहरी ३ काे सुनाैलाे टाेलमा बिरामी
भएकाहरुमा काेराेना संक्रमण देखिएकाे इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गाैतमले पुष्टि गरेकी छन् । इटहरी ३ सुनौलो टोलमा ७

घर का २५ भन्दा धेरै जना ज्वरो, खोकी, पखाला लगायतका लक्षण सहित बिरामी भएका थिए ।उक्त टाेलमै गएर एन्टिजिन परिक्षण गर्दा काेराेना संक्रमण देखिएकाे हाे । समुदायमा गएर ९ जनाकाे एन्टिजेन बिधिबाट परिक्षण गर्दा ७ जनाकाे रिपाेर्ट पोजेटिभ आएको उपमेयर गाैतमले जानकारी दिइन् ।

उनका अनुसार बढी प्रभावितहरु परिक्षण गर्न नमानेर घर भित्रबाट ननिस्किए पछि ९ जनाकाे परिक्षण गरिएकाे हाे ।पिसिआर परिक्षणकालागी उपमहानगरपालीकाले बोलाएको भएपनि काेहि नआएपछी आज स्वास्थकर्मीको टोलिले समुदाय मै पुगेर एन्टिजेन परिक्षण गरेकाे हाे ।

परिक्षण गरिएका मध्य ७ मा एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएकाे छ । एन्टिजेन परिक्षणलाइ विश्व स्वास्थ्य संगठनले काेराेना परिक्षणकाे मान्यता दिएकाे छ । गाँउमा काेराेना संक्रमण रहेकाे पुष्टि भए पछि आजै बाट सुनौलो टोल शील गर्ने निर्णय गरिएको छ ।

समुदायमा गएर ९ जनाकाे एन्टिजेन बिधिबाट परिक्षण गर्दा ७ जनाकाे रिपाेर्ट पोजेटिभ आएको उपमेयर गाैतमले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार