• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी, माधव नेपाल पनि सहभागी


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ मा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । देउवा
निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल सहितका नेताहरु छलफलमा जुटेका हुन्।राष्ट्रपति विद्यादेवी

भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि चाल्ने कदमबारे उनीहरुबीच छलफल भइरहेको छ ।प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले वैकल्पिक सरकार गठनका लागि अरु दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक बोलाएको कांग्रेसले जनाएको छ। बैठक केही बेरमा बस्दैछ।

कांग्रेस नेता रामचन्द्र पौडेलले संविधान र संसद् जोगाउनका लागि सबै विकल्प खुल्ला राखेर छलफल हुने बताएका छन्। बैठकमा प्रधानमन्‍त्री र राष्ट्रपतिको कदमविरुद्धको रणनीतिबारे छलफल हुनेछ। त्यही छलफलका आधारमा विपक्षीले आफ्नो कदम अघि बढाउनेछन्। कांग्रेसले प्रधानमन्‍त्री केपी ओली पदमुक्त नभइकन नयाँ सरकार गठनका लागि राष्ट्रपतिले अघि बढाएको प्रक्रिया असंवैधानिक र अलोकतान्‍त्रिक भएको बताएको छ।

यस्तै आज बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न शुक्रबार अपरान्ह ५ बजेसम्म समय दिएकी छिन।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार