• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने : संसद भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणा को सम्भावना बढेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)

अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।तर संसदको बहुमतमा निर्णायक मानिएको जसपाको ठाकुर पक्षले फेरि पनि तटस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको । अध्यक्ष ठाकुरले भने, ‘हामीले त सुरुदेखि नै तटस्थ बस्दै आएका छौं । अहिले पनि हाम्रो अवस्था त्यही छ ।’आफूहरुको माग सम्बोधन गरिररहेकाले प्रधानमन्त्री ओलीको विपक्षमा जान नसक्ने उनले बताए । उनका अनुसार नागरिकतासम्बन्धी माग सम्बोधन गर्न सरकारले अध्यादेश ल्याएको छ भने संविधान संशोधनका लागि कार्यदल बनेको छ । कार्यदलमा एमालेका अग्नि खरेल, कृष्णभक्त पोखरेल र विष्णु रिमाल छन् भने जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुल्क रहेका छन् ।

‘सरकारको दौडमा छैनौँ, माग सम्बोधन गर्ने प्रधानमन्त्रीलाई समर्थन छ’
नागरिकतासम्बन्धी अध्यादेश जारी भयो, संविधान संशोधन गर्न कार्यदल बन्यो : राजेन्द्र महतोसरकार र जनता समाजवादी पार्टी (जसपा) को महन्त ठाकुर राजेन्द्र महतो पक्षबीच संविधान संशोधन कार्यदल बनाउने सहमति भएको छ । सो सहमति अनुसार सरकारी पक्षबाट

विष्णु रिमाल, अग्नि खरेल लगायत र राजपाको तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला लगायत रहेका छन् । सो कार्यदलले विभिन्न पक्षहरुसँग छलफल गरेर संविधान संशोधनका विषयमा प्रतिवेदन दिने राजपा अध्यक्ष राजेन्द्र महतोले उल्लेख गरेका छन् । शुक्रबार सिंहदरबारमा आफू पक्षीय संसदीय दलको बैठकपछि प्रतिक्रिया दिँदै महतोले प्रधानमन्त्री केपी शर्मा ओली आफूले उठाएको माग र मुद्दा सम्बोधन गर्न तयार रहेको बताए ।

यस्तै आफूले उठाएको माग सम्बोधन गर्दै नागरिकतासम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री ओली सहमति भएको जानकारी दिए । मधेस आन्दोलनका क्रममा पक्राउ परेका १ सय २० जनाको मुद्दा फिर्ता लिएको र अन्य बन्दीहरुको विधि प्रक्रिया पूरा अन्य साथीलाई छोड्ने सहमति भएको उनको भनाइ छ ।यसैबीच जसपा सरकारमा नजाने नेता महतोले दावी गरेका छन् । आफ्नो माग सम्बोधन गर्ने प्रधानमन्त्रीलाई समर्थन गरेपनि जसपा सरकारको दौडमा नरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार