• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

प्रधानमन्त्रीमा दावी पेश गर्न देउवा शीतलनिवासमा, माधव नेपाल पनि उपस्थित


काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु

शीतलनिवास पुगेका हुन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतल निवास पुगेका छन् ।देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् ।

विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा दाबी गर्न नेताहरु शीतल निवास पुगेका छन्।
दिउँसो सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले १५० सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि देउवाको नाम अगाडि सारेर राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै नेताहरु शीतल निवास पुगेका हुन् ।

विपक्षी गठबन्धनमा सत्तारुढ नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २७ सांसदले हस्ताक्षर गरेका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनलाई नेपाल–खनाल समूहले साथ दिएको हो ।

विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने नेपाल खनाल समूहका २७ सांसदको हस्ताक्षर आएको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार