• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आफ्नो नाम र हस्ताक्षर दुरुपयोग भएको भन्दै माधव पक्षिय संसद्को पत्र राष्ट्रपतिलाई


काठमाडौं :विपक्षी गठबन्धनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न आफ्नो हस्ताक्षर दुरुपयोग
भएको भन्दै एमाले सांसद जयकुमार राईले राष्ट्रपतिलाई पत्र लेखेका छन् । शुक्रबार दिउँसो विपक्षी गठबन्धनले बुझाएको १४९ सदस्यको हस्ताक्षरमा

आफ्नो नाम र हस्ताक्षर रहेको भन्दै सुनसरी क्षेत्र नम्बर १ का एमाले प्रतिनिधिसभा सदस्य राईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण गराएका हुन् ।
‘म एमाले प्रतिनिधिसभा सदस्य हुँ’, राईले पत्रमा लेखेका छन्, ‘मैले मेरो पार्टी ध्यक्षको विरुद्धमा विपक्षी पार्टी नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु ।’ राईसहित एमालेका अन्य केही सांसदले हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन् ।

१५३ सांसदको हस्ताक्षरसहित ओली राष्ट्रपतिकहाँ, विपक्षीको भन्दा पहिले नै दाबी पेस
प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत सांसदहरूको हस्ताक्षरसहित नयाँ सरकारको शीतलनिवास पुगेका छन्।विपक्षी दलका नेताहरुले राष्ट्रपतिलाई नभेट्दै प्रधानमन्‍त्री ओली शीतलनिवास पुगेर १५१ जना सांसदहरूको हस्ताक्षर बुझाएका हुन्।प्रधानमन्‍त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको जानकारी दिएका छन्।

रिमालका अनुसार दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन्। विपक्षी गठबन्धनभन्दा पहिले नै ओलीले आफ्नो दाबी प्रस्तुत गरेको रिमालले बताएका छन्।विपक्षी नेताहरूले राष्ट्रपतिसँग भेट्नका लागि समय कुरिरहेकै बेला ओलीले एक घन्टाजति राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर शीतलनिवासबाट बाहिरिएका छन्।विपक्षी दलका नेताहरु पनि १४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकारको दाबी बोकेर शीतलनिवास पुगेका छन्।

विपक्षी गठबन्धनले बुझाउन तयार गरेको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमालेका केही सांसदहरूले आफूहरू त्यो प्रस्तावमा सहभागी नभएको बताएका छन्।विपक्षी दलको गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताब गर्ने तयारी गरेका छन्। संविधानको धारा धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले शुक्रबार बेलुका पाँच बजेसम्मको समयसिमा दिएकी छिन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार