• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

सर्वोच्च अदालतबाटै देउवालाई प्रधानमन्त्री बनाउन विपक्षीको माग


विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी
हुनुपर्ने माग गरेका छन्।सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् ।

परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर उपस्थित हुँदैछन् । यसका लागि सिंहदरबारमा भेला भएर सांसदहरु सर्वोच्च अदालत जान लागेका हुन् ।संविधानको धारा ७६(३) अनुसार नियुक्त, भएका प्रधानमन्त्री ओलीले बहुमत जुटाउन नसकेको भन्दै राष्ट्रपतिकहाँ सिफारिस गरेको र राष्ट्रपतिले धारा ७६(५) अन्तरगतको सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको बैधानिकता समाप्त भएको रिटमा जिकिर गरिएको विपक्षी नेताहरुले बताएका छन् ।

धारा ७६(५) मा जानका लागि सिफारिस गरिसकेपछि प्रधानमन्त्री ओलीको बैधता समाप्त भएको र राष्ट्रपतिले १४९ सांसदको बहुमत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नैपर्ने संवैधानिक बाध्यता रहेको रिट विपक्षी दलका नेताहरुले तयार पारेका छन् ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि संसद विघटन गर्ने ओलीको कदम स्वतः अवैधानिक ठहरिने र संसद स्वतः पुनस्थार्पित हुने विपक्षी दलको तर्क छ ।

शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायत बहुमत सांसदले हस्ताक्षर गरेको रिट आजै सर्वोच्च अदालतमा दर्ता गर्ने विपक्षी मोर्चाको तयारी छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार