• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

३८ बाट २३ सांसदमा झर्‍यो नेपाल समूह, यी तीन नेताले मानेनन् देउवाको पक्षमा हस्ताक्षर गर्न


काठमाडौं : नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि विपक्षी गठबन्धन सँगै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी
शर्मा ओली विरुद्ध सर्वोच्च अदालत मा गएको छ।नेपाल समूहका २३ सांसद प्रतिनिधि सभा पुनस्थापन र नेपाली कांग्रेसका सभापति शेरबहादुर

देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै अदालतमा गएका हुन्। संविधानको धारा ७६ (५) अनुसार देउवलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै एमालेका २६ जना सांसदहरुले हस्ताक्षर गरेका थिए।नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्कनुपर्ने अदालतको फागुन २३ गतेको फैसलापछि नेपाल समूहमा ३८ सांसदहरु रहेका थिए। चैत ७ गते बालुवाटारमा बसेको एमालेको संसदीय दलको बैठकमा नेपाल समूहका ३८ सांसदले असहमतिपत्र बुझाएका थिए।

त्यसपछि नेपाल समूहका नेताहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटमा जानेक्रम सुरु भयो। ओलीले माधवकुमार नेपाल समूहबाट फिर्ता आएकालाई पद दिनेक्रम पनि बढाए। त्यसको असर, माधव नेपाल समूहमा ३५ सांसद बाँकी रहे। र, क्रमश संख्या कम हुँदै गयो।

गएको शुक्रवार राष्ट्रिपति कार्यालयमा हस्ताक्षर बुझाउँदा नेपाल समूहका २६ जनामात्र रहे। त्यस दिन नेपाल समूहका योगेश भट्टराई लगायतका एमाले सांसदले हस्तक्षर गर्न अस्वीकार गरेका थिए।

यसरी नेपाल समूहमा सांसदको संख्या घट्ने क्रम आज पनि देखियो। सोमवार अदालतमा रिट निवेदन दिन नेपाल समूहका २३ जनाले मात्रै हस्ताक्षर गरेका छन्। गणेश पाहाडी, गोकर्ण विष्ट र पवित्रा निरौलाले हस्ताक्षर गर्न अस्वीकार गरेको नेपाल समूहका नेताहरुले बताएका छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार