• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा


काठमाडौं । चीनले नेपाल लाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका
राष्ट्रपतिबीचको टेलिफोन कुराकानी मा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।दुई राष्ट्रपतिबीचको टेलिफोन

संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो ।

टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार