• २०८१ असोज ८ गते मङ्गलवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ ज्येष्ठ १६ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ जेठ १६ गते, आइतवार, ३० मे २०२१। ज्येष्ठ कृष्ण पक्ष, चतुर्थी तिथि ( प्रातः ८ः४७ बजे देखि पञ्चमी ), उत्तराषाढा नक्षत्र
( २१ः४२ बजे देखि श्रवण ), चन्द्रराशि– मकर। इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशेषगरी अतिथिको रूपमा सत्कार पाइएला । आफन्तले आश्वासन र सहयोग गर्नेछन् । व्यवसायको सन्दर्भमा योजना बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा निराशा र शरीरमा आलस्य आउला । व्यापार र व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्य प्रति बढी सचेत रहनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको कामबाट सफलता मिल्नेछ । परिवारसँग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । केही मालसामान हराउन पनि सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तको सहयोग प्राप्त मिल्नेछ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ काम सुरु गर्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभारम्भको चर्चा चल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ अवसर र स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पढाइमा पनि प्रगति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बोलीको प्रभावले कम सिद्ध हुनसक्छ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट बिस्तारै सफलता र आम्दानी बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मानसिक शान्ति मिल्नेछ । नजिकको आफन्त वा मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु क्षय पनि होलान् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार