• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

एमालेले बाेलायाे स्थायी कमिटी बैठक, स्पष्टीकरण नदिने थप १२ नेतालाई कारबाही हुने


काठमाण्डौ – नेकपा एमालेले आज (आइतवार) स्थायी कमिटी बैठक बोलाए को छ । प्रधानमन्त्री निवास बालुवाटार मा बेलुका ५
बजेका लागि बैठक बोलाइएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने

थप १२ जना नेतालाई थप कारबाहीबारे छलफल गरेर निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।यसअघि एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै १२ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोध्ने निर्णय गरेको केही दिनपछि मात्रै एमालेले थप १२ जनालाई स्पष्टीकरण पत्र पठाएको थियो ।

स्पष्टीकरण पठाइरहनुपर्ने आवश्यकता नरहेको भन्दै १२ जनाले नै अहिलेसम्म स्पष्टीकरण बुझाएका छैनन् । विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको थियो ।

यसैबीच बैठकमा शनिवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि उनीहरूले विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार