• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओली र महन्थ ठाकुर बिच सहमति : ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने


काठमाडौँ — प्रधानमन्त्री केपी ओली र जनता समाज वादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण
लगायतको भेटवार्ता सकिएको छ ।बैठक १० बजेदेखि २ बजेसम्म चलेको थियो।भेटमा मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल

भएको नेता कर्णले जानकारी दिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुस्, सँगै काम गरौं भन्नुभयो । हामीले पार्टीमा आपसमा कुरा गरेर भन्छौं भनेका छौं,’ नेता कर्णले भने ।’सरकारमा त जाने नै हो, ८ मन्त्री र २ राज्यमन्त्री लिने भनेर अध्यक्ष महन्थजीले भनिसक्नुभएको छ,’ उनले भने,’ हाम्रो पार्टीमा पनि विवाद छ, त्यसलाई लिएर छलफल पछि भोलिपर्सीमा भन्छौं भनेका छौं ।’मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने उनले बताए । बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागीता थियो । कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन् ।यस्तै कार्यदलका सदस्य एवं एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङका अनुसार वार्ता चलिरहेको र टुंगो लागि नसकेको बताए । ‘मुद्दाका विषय टुंगो नलागिसकेकाले सरकारमा सहभागीताबारे तत्काल केही निर्णय भएन,’ उनले भने ।

फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट नेपाल ल्याइँदै
विभिन्न ७ सामाजिक र व्यापारिक समूहको समन्वयमा फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।१२ करोड रुपैयाँ संकलन गरेर ल्याउन लागिएको दस वटा अक्सिजन प्लान्टले २४ घन्टामा ५०० बेड र १५० सिलिन्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्नेछ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसन, क्रियसन नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ट नेपाल, बतास फाउन्डेसन, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालि अक्सिन प्लान्ट नेपाल ल्याउने प्रक्रियामा सामेल भएका हुन् । मिसन रिबिल्ट नेपालका अध्यक्ष डाक्टर मदन उप्रेतीले फ्रान्सबाट किनिएको अक्सिजन प्लान्ट बढीमा तीन साताभित्र आफूहरुले पाउने बताए । उनले एक साताभित्रमा कुन–कुन अस्पताललाई अक्सिजन प्लान्ट दिने भन्नेबारेमा अध्ययन सकिने बताए । फ्रान्सबाट ल्याइने अक्सिजन प्लान्ट अस्पतालहरूलाई नि:शुल्क दिइनेछ ।

अक्सिजन प्लान्ट किन्न सहकार्य गरिरहेका संस्थाहरुका अनुसार अहिलेसम्म सातै वटा प्रदेशलाई पुग्ने गरेर अक्सिजन प्लान्ट वितरण गर्ने गरी ४ वटा प्राविधिक टोलीले अक्सिजन प्लान्ट राख्ने भनिएका सम्भावित अस्पतालहरुको प्राविधिक परीक्षण गरिरहेको छ । अहिलेसम्म पोखरा, धनगढी र दार्चुलामा अक्सिजन प्लान्ट राखिने टुंगो लागे पनि अन्य स्थानहरुको टुंगो लगाउने प्रक्रिया चलिरहेको छ । बतास फाउन्डेसनका आनन्द बतासले महामारीमा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर प्लान्ट किन्ने प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार