• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

कालो कोटधारीले आफैँले लेखेर ल्याएको फैसला पढ्ने न्यायाधीश खोजेको ओलीको आरोप, ‘पेन्सन खाएर न्यायालयको हुर्मत लिने ?’


काठमाडौं:प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोटको आवरणमा केही व्यक्तिले न्यायालयलाई विवाद
मा ल्याउने काम गरेको बताए ।युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक

इजलासमा न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश पोखे।‘वकिलहरूले न्यायाधीश तय गर्ने अब?’ ओलीले प्रश्न गरे, ‘कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं? कालो कोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ? बडो गम्भीर विषय छ।’ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गठन गरेको ५ सदस्यीय (जबरा, आनन्दमोहन भट्टराई, दीपककुमार कार्की, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ) इजलासमाथि विपक्षी गठबन्धनका १४६ सांसद निवेदन रहेको रिटमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएका छन्। केसी र श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउँदै इजलासमा नबस्न माग गरेका छन्। यहीँ विषयमा प्रधानमन्त्रीले टिप्पणी गरेका हुन्।

‘केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा, त्यसको पनि किञ्चित ख्याल नराख्ने वकिलहरूले लेखेर ल्याएको, उनीहरूले पढेर सुनाउ भनेको न्यायाधीश चाहियो? उहाँहरू त्यही चाहिरहनुभएको छ। हामीले लेखेर दिएको फैसला पढि सुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ भन्दैछन्। यसले न्यायालय कुन अवस्थामा पुग्छ,’ ओलीले प्रश्न गरे।प्रधानमन्त्री ओलीले पूर्वन्यायमूर्तिले न्यायालयको हुर्मत लिइरहेको आरोप लगाए। पूर्वप्रधानन्यायाधीशरुको विज्ञप्तितर्फ संकेत गर्दै ओलीले भने, ‘सरकारी पेन्सन खाएर पूर्वन्यायमूर्तिले न्यायालयको हुर्मत लिँदै हुनुहुन्छ। आफ्नो समयमा केही नगर्ने? अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ?

यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्‍याउँछ?’आफूले प्रक्रिया पुर्‍याएरै प्रतिनिधिसभा विघटन गरेकाले विपक्षीहरु अदालतमा गएर केही नहुने भन्दै प्रधानमन्त्री ओलीले युवा कार्यकर्तालाई आश्वस्त पारेका थिए। नेपालको संविधानले निर्दलीय व्यवस्था परिकल्पना नगरेको र बहुदलीय व्यवस्थामा व्यक्ति भन्दा संगठन महत्वपूर्ण भएको ओलीले बताए।‘अनुशासन उल्लंघन गरेर जान मिल्दैन। एउटा व्यक्तिले होइन संगठनले निर्णय गर्नुपर्छ। एमालेको दलको नेताको हैसियले मैले र जसपाका अध्यक्ष र संसदीय दलका नेताको संगठित निर्णयमा दाबी गरियो।

राष्ट्रपतिले दुबै दाबीमा आधार देख्नुभएन। अनि अन्तिम विकल्पमा अगाडि बढे,’ ओलीले भने, ‘यो इस्यु अदालतमा जानुपर्ने नै होइन। सम्मानित अदालतले संविधानको विस्तृत व्याख्या गर्ला।’युवा संघको केन्द्रीय सचिवालय बैठकले आज नेतृत्व हस्तान्तरण गर्दैछ। वर्तमान युवा संघका अध्यक्ष बच्चनबहादुर सिंहले किरण पोखरेललाई नेतृत्व हस्तान्तरण गर्दैछन्।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार