• २०८१ कार्तिक १५ गते बिहिवार
  • Preeti To Unicode

एमालेमा पुनः एकता: फेरि ओली र नेपाल समूहको वार्ता


काठमाडौं । सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो ।लगत्तै अध्यक्ष केपी शर्मा ओली

पक्षीय नेताहरु मात्र भएको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निस्कासन गरेको छ भने थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ । तर उनीहरुले स्पष्टीकरण दिएका छैनन् ।सोमबार साँझ अध्यक्ष ओली र नेता नेपाल समूहका नेताहरुबीच वार्ता भएको छ । दुबै पक्षका दोस्रो तहका नेताहरुबीच भएको कुराकानी पुनः एकता वार्ता सुरु गर्ने प्रयास भएको बताइएको छ ।व्यक्तिगत तहमा कुराकानी भएको हो । औपचारिक कार्यदल बसेको होइन,’ एक नेताले भने ।

उनका अनुसार पार्टीलाई फुटबाट जोगाउनुपर्छ भन्नेमा छलफलमा सहभागी नेताहरु सहमत देखिएका छन् । ‘जेठ २ को वरिपरि कुरा भएको छ, तर कुनै ठोस कुराकानी भएको छैन,’ भेटमा सहभागी अर्का नेताले बताए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र नेता नेपालबीच ३० वैशाखमा भेटवार्ता भएपछि विभाजन उन्मुख रहेको एमालेका एकता प्रयास सुरु भएको थियो ।
२ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत भएपछि दुवै पक्षका ५–५ जना रहेको कार्यदल समेत बनाएको थियो ।

तर प्रतिनिधिसभा भंग गर्ने प्रक्रिया सुरु भएसँगै एकता वार्ता विथोलिएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार